Technology

‘ओलिज स्टोर’ले भित्र्यायो क्यामेरामा नयाँ प्रविधि, अनलाइनमार्फत पनि बुकिङ गर्न सकिने

‘ओलिज स्टोर’ले भित्र्यायो क्यामेरामा नयाँ प्रविधि, अनलाइनमार्फत पनि बुकिङ गर्न सकिने

डीजेआई कम्पनी लगायतका विश्वका चर्चित कम्पनीका नयाँ नयाँ ब्रान्ड भित्र्यााउँदै आएको ‘ओलिज स्टोर’ले क्यामेरामा नयाँ प्रविधि भित्र्याएको छ । मंगलबार काठमाडौंकोमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नयाँ प्रविधिका क्यामेराहरु सार्वजनिक गरिएको हो । स्टोरले नेपालमा एप्पललगायत विभिन्न ब्रान्डका जेनुइन ग्याजेट्स र एक्सेसरीज उपलब्ध गराउने भएको छ । नायक जीवन लुइटेल र नायिका बर्षा सिवाकोटीले संयुक्त रुपमा नयाँ क्यामेराको उद्घाटन गरे । नेपाली चलचित्र क्षेत्रका लागि आवश्यक पर्ने मल्टिकप्टर, ओज्मो क्यामेरा गियर, ओज्मो प्रो, प्यान्टम फोरलगायतका क्यामेरा स्टोरमा उपलब्ध हुने छन् । काठमाडौंको बबरमहलमा रहेको स्टोरका प्रोडक्टहरु ग्राहकले अनलाइनमार्फत पनि बुकिङ गर्न सक्ने छन् । चलचित्र क्षेत्रमा नयाँ प्रविधी भित्रिरहेकोले अव यो प्रविधीले उत्कृष्ट दृश्य पर्दामा देखाउन मद्दत गर्ने स्टोर संचालकको विश्वास छ । उपभोक्तामाझ उच्च गुणस्तरको जेनुइन स्पेयर पार्टस् उपलब्ध गराउनु कम्पनीको मुल उद्देश्य रहेको स्टोरले बताएको छ । सन् २००७ मा स्थापना भएको स्टोरले आइफोन, आइप्याड, म्याकबुकका कभर र केवल, अन्य ब्रान्डको स्मार्टफोनका स्पिकर, हेडफोन, एम्प्लिफायर, मिडिया प्लेयर, होम थिएटर स्पिकर, प्रोजेक्टरलगायतका जेनुइन स्पेयर पार्टस् उपलब्ध गर्ने गरेको छ । स्टोरले व्रान्ड प्रवर्द्धनका लागि फोटो पत्रकार क्लबका महासचिव श्रीधर पौडेललाई ब्रान्ड एम्ब्यासडरमा नियुक्त गरेको छ । पौडेलले ब्रान्ड एम्ब्यासडर नियुक्त भएपछि क्यामेरा छायांकारहरुलाई सरल तरिकाले उत्कृष्ट दृश्य कैद गर्न यी प्रोडक्टहरुले सहज बनाउने विश्वास व्यक्त गरे ।

DJI ओलिज स्टोर जीवन लुइटेल डीजेआई कम्पनी वर्षा सिवाकोटी

विशेष