देश

धान खेतीका लागि कञ्चनपुर ‘जोन’मा छनोट

धान खेतीका लागि कञ्चनपुर ‘जोन’मा छनोट
मंसिर - २८  । धान खेतीका लागि कञ्चनपुर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘जोन’मा छनोट भएको छ ।परियोजनाअन्तर्गत धान खेतीका लागि हावापानी, माटोको उर्वराशक्ति, सिँचाइको अवस्थाका आधारमा जिल्लाका पुनर्वास, बेदकोट र भीमदत्त नगरपालिकालाई जोनमा छनोट गरिएको हो । जोनअन्तर्गत परेका क्षेत्रको पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती गरिने कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताए । परियोजनाअन्तर्गत बेदकोट र भीमदत्त नगरपालिकालाई माछा र धान खेतीका लागि ब्लकमा छनोट गरिएको छ । ब्लकअन्तर्गत एक सय हेक्टर क्षेत्रफलमा माछापालन र धान खेती गरिने छ । जोन र ब्लक छनोट गरिएका बाहेकका क्षेत्रमा दश हेक्टर क्षेत्रफलमा ४५ वटा पकेट क्षेत्र निर्धारण गरी किसानको प्रस्तावका आधारमा खेती र तरकारी बालीको छनोट गरिने अधिकृत जोशीले बताए । कार्यविधि र निर्देशिका आएपछि परियोजना सञ्चालन गरिनेछ । दीर्घकालीन रुपमा सञ्चालन हुने परियोजनामा कृषिको उत्पादन, यान्त्रीकरण, बजारीकरण, सिँचाइ, प्रशोधन, कृषि शिक्षा, रोग, किरा नियन्त्रणलगायतलाई प्राथमिकतामा राखिएको छ । परियोजनाअन्तर्गत जिल्लाका लागि रु छ करोड बजेटको व्यवस्था गरिएको छ । रासस

कञ्चनपुर प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना

विशेष