देश

'सुख्खा बन्दगाह निर्माण कार्य चाँडै थाल्ने'

'सुख्खा बन्दगाह निर्माण कार्य चाँडै थाल्ने'
मंसिर - २८ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चादँनीमा सुख्खा बन्दरगाह निर्माण कार्य चाँडै थालिने बताएका छन् । दोधारा चादँनीस्थित दुईवटा स्थानीय खोलामा पुल निर्माणको आज शिलान्यास गर्दै उनले सुख्खाबन्दरगाह निर्माणसंगै दोधारा चादँनीलगायत प्रदेश नं. ७ को आर्थिक विकासमा उल्लेखनीय टेवा पुग्ने विश्वास व्यक्त गरे । मन्त्री लेखकले सुख्खा बन्दगाहसँगै महाकाली नदीमा चारलेनको पक्की पुल निर्माण कार्य पनि चाँडै हुने बताए । उनले चाँचनिस्थित भानु बहुमुखी क्याम्पसमा आयोजना भएको महायज्ञको उद्घाटन गर्दै यस क्षेत्रको विकासका लागि सडक, पुललगायत संरचना निर्माणमा आफूले प्राथमिकताका साथ कार्य गरिरहेको बताए।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय रमेश लेखक सुख्खा बन्दगाह

विशेष