स्वास्थ्य

शरिर गन्हाउने साथीलाई उपहार

शरिर गन्हाउने साथीलाई उपहार

के तपाइ कुनै साथीलाई उसको शरीरबाट नमिठो गन्ध आँउछ भन्ने सूचना दिन र त्यसका लागि सुगन्ध पनि दिन चाहनु हुन्छ ? यदि चाहनुहुन्छ भने तपाईले माई फ्रेन्डस्मेन्स डट कमलाई धन्यवाद दिनुपर्ने हुन्छ । अमेरिकामा एउटा कम्पनीले गन्हाउने मानिसलाई उसको गन्ध मान्ने सुगन्ध डेलिभरी गर्ने काम गर्छ । कम्पनीले डेलिभरी गर्नै काम गर्छ । कम्पनीले दिने स्वागो सेन्ट नामको यो सुगन्धले गन्ध हटाउने काम गर्छ ।

कम्पनीको वेभसाइटअनुसार हरेक व्यक्तिको कोही न कोही साथीको जिउबाट नमिठा गन्ध आँउछ । त्यो एउटा सहपाठी, सहकर्मी मालि, नजिकको नातेदार वा अन्य नजिकको व्यक्ति हुन सक्छ । अब त्यो कुरा मनमै दबाएर नराख्नुहोस् के हो भनिदिनोस् ।

यसका लागि सो कम्पनीले त्यो गन्हाउने मानिससम्म सुगन्धको प्याकेट उपहारस्वरुप लागिदिन्छ । त्यसका लागि तपाईले आफ्नो क्रेडिट कार्डबाट रकम भुक्तनी गरिदिनुपर्छ । तपाईले पठाएको सो उपहार उसले फेरि तपाईलाई फर्काउन नमिल्ने प्रक्रिया मिलाएको वेवसाइटले जनाएको छ ।

Helth Tips

विशेष