समाज

के भयो यस्तो, एका विहानै आयो दश जनाको मृत्युको खबर

के भयो यस्तो, एका विहानै आयो दश जनाको मृत्युको खबर
मंसिर २९ । विभिन्न जिल्लामा भएका फरक फरक घटनामा दश जनाको ज्यान गएको छ । रामेछापमा गएराती भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । रामेछापको खाँदादेवी धुरेणा खोपमा ट्रिपर भिरबाट खसेर दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा सर्लाहीका २९ वर्षिय विकास पौडेल, सिन्धुलीका २४ वर्षिय रुपेश भण्डारी, सिन्धुपाल्चोकका ३५ वर्षिय कुमार विक र ललितपुरका ३५ वर्षिय किरण डाँगीको मृत्यु भएको रापेछाप प्रहरीले जनाएको छ । त्यस्तै गए राती नै नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट गएराति झापाको दमकमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । उता पोखराबाट लेखनाथतफ जाँदै गरेको ग १ ख ३७१८ नंको टिप्पर गएराति विजयपुर खोलामा खस्दा एकजनाको मृत्यु भएको छ । दार्चुलाको शङ्करपुर घर भएका एक स्रोतव्यक्तिको मङ्गलबार हिँड्दा हिँड्दै अकस्मात मृत्यु भएको छ । विगत केही दिनयता मध्यतराईमा बढेको चिसोका कारण बारा र पर्सा जिल्लामा कठ्याङ्ग्रिएर दुईजनाको मृत्यु भएको छ भने जनजीवन कष्टकर बन्दै गएको छ । अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर बारा जिल्लाका मनहरवा–८ बस्ने ४० वर्षीय सुकेश्वर माझी तथा पर्सा जिल्लाको सेढवा–१ का ४५ वर्षीय प्रभुराम चमारको कठ्याङ्ग्रिएर हालै मृत्यु भएको प्रहरीले जनाएको छ भने नवलपरासीमा गएराति भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीयवासी ६२ वर्षीय लेखबहादुर गाहाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।

Accident

विशेष