नेपाली टोपीमा विल्सनले बलिउड तताउने

एजेन्सी– बलिउडमा नेपाली कलाकारले ब्रेक पाएको खबर नोलो होइन । पछिल्लो समय अभिनेता सुनिल थापाले प्रियंका चोपडासँग ‘मेरी कोम’ मा काम गरेसँगै त्यसअघि पनि ‘बर्फी’ मा भोला सापकोटाले काम गरेका थिए ।
अहिले अभिनेता वील्सन विक्रम राईले भारतीय अभिनेत्री आयसा टाकीयासँग जोडि बाँध्ने समाचारले कलिउड तताएको छ । उनी नाम सार्वजनिक नगरिएको एक बलिउड फिल्मको महाराष्ट्रको पुनामा सुटिङ गरिरहेका छन् । अभिनेता सलमान खानसँग फिल्म ‘वान्टेड’ मा जोडी बाँधेकी अभिनेत्री आयसा टाकियासँग काम गरिरहेका हुन् ।
बलिउड फिल्म भएपनि फिल्ममा वील्सन नेपाली पात्रको भूमिकामा देखिने बताइएको छ । भारतबाट नेपालमा कन्सर्ट गर्न आएको एक सांगीतिक समुहका सदस्यले वील्सनको चर्चा सुनेपछि यो प्रोजेक्टका लागि वील्सनलाई सिफारिस गरेपछि उनले उक्त फिल्ममा काम गर्ने मौका पाएका हुन् ।
Wilson Bikram Rai