मनोरञ्जन

फिल्ममा आउनुअघि के काम गर्थे यी कलाकारहरु

फिल्ममा आउनुअघि के काम गर्थे यी कलाकारहरु

धेरै मानिसले आफ्नो करिअरको सुरुवात सानै कामबाट गर्दै आएका हुन्छन् । सानो उमेरमा गरेको सानो कामले नै भविष्यको रेखा कोर्दै लैजाने कुरालाई उनीहरुले सत्य सावित गरिदिएका छन् । त्यसमाथि पनि सेलिब्रटिहरुले मिडियामा आउनुअघि के काम गर्थे भन्ने कौतुहुलता सबैमा हुन्छ । नेपाली सेलिब्रेटिले मिडियामा आउनुअघि के कस्ता काम गर्थे भन्ने तथ्य यस्तो छ । प्रियंका कार्की — प्रियंका कार्की अहिलेकी व्यस्त नायिका हुन् । उनलाई फिल्म ‘कलिउड’ ले चर्चामा ल्याउन मद्दत पुर्यायो । तर, प्रियंकाले ‘कलिउड’भन्दा पहिला ‘मेरो बेस्ट फ्रेण्ड’ नामको चलचित्रमा अभिनय गरिन् । तर, उनलाई उक्त चलचित्रले भने खासै सफलता दिएन । उनी सात वर्षकी हुँदा बाल कलाकारको रुपमा फिल्म ‘महादेवी’ मा पनि काम गरेकी थिइन् । फिल्ममा आउनुु अघि उनी रेडियो जंकी थिइन् । उनले भीजे र रेडियोमा पनि केही समय काम गरिन् । २००५ सालमा मिस टिनको उपाधि जितेपछि उनी केही विज्ञापन र टेलिभिजनमा भिजे भएर काम गर्ने मौका पाएकी थिइन् । त्यसपछि सिनेमामा काम गर्ने इच्छा लागेपछि उनी सिनेमा पढ्न अमेरिका गइन् । उनी अमेरिका गएपछि रेडियोमा आर जे भएर काम गरेकी हुन् । प्रदीप खड्का — फिल्म प्रेमगीतबाट सफलताको खुड्कीला टेकेका अभिनेता हुन् प्रदिप खड्का । उक्त फिल्मबाट उनले लाखौँ फ्यान कमाए । उनको चकलेटी रुपमा घायल हुनेहरु पनि धेरै छन् । प्रेमगीतभन्दा अघि पनि उनले ‘ठूलो मान्छे’ र ‘इस्केप’ नाम गरेका दुई चलचित्रमा अभिनय गरिसकेका थिए । तर, उनलाई सफलता भने प्रेमगीतले नै दियो । सिनेमामा आउनुअघि उनी इभेन्ट अर्गनाइजरको रुपमा काम गर्ने गर्दथे । प्रदीप अहिले ‘प्रेमगीत–२’को सुटिङमा व्यस्त छन् । पल शाह — पछिललो समय मोडलिङ र म्युजिक भिडियोबाट अत्याधिक चर्चा पाएका कलाकार हुन् पल शाह । मोडलिङमा आउनुअघि पल रेडियो सम्पादकको रुपमा काम गर्थे । रेडियो सम्पादकको काम गर्ने क्रममा उनको लगाव मोडलिङमा बढ्यो । मोडलिङ गर्ने अवसर पाएका पललाई मोडलिङ निकै फाप्यो । उनले छोटो समयमा नै निकै चर्चा कमाए । मोडलिङबाट चर्चा कमाउन थालेपछि उनलाई फिल्मबाट पनि धेरै अवसरहरु आउन थाल्यो । पलले २०० भन्दा धेरै म्युजिक भिडियोहरुमा काम गरिसकेका छन् । उनले फिल्म ‘नाई नभन्नु ल ४’ बाट सिनेमामा डेब्यु गरे । पहिलो सिनेमा नै राम्रो ब्यानरको सिनेमामा काम गर्न पाएका कारण उनलाई सिनेमाले पनि सफलता दियो । पूजा शर्मा — प्रेमगीतबाट चर्चामा आएकी नायिका पूजा शर्मालाई धेरैले मोडलिङ र भिजे हुँदै सिनेमामा आएको भनेर भन्ने गर्छन् । तर, उनी मोडलिङ र सिनेमामा आउनु भन्दा पहिला एक एनजीयोमा काम गर्ने गर्थिन् । सिनेमामा लागेकी पूजाको पढाई पनि सिने क्षेत्र सम्बन्धी छैन । हाल उनी टुरिजममा मास्टरस गर्दै छिन् । स्वस्तीमा खड्का — अभिनेत्री तथा मोडल स्वस्तीमा खड्का इन्जिनियर हुन् । उनले आर्टटिटेक्टको कोर्समा डिप्लोमा गरेकी छिन् । पढाईके क्रममा उनले मिस टिनमा भाग पनि लिइन् । मिस टिनमा भाग लिएकी उनी उत्कृष्ट पाँचमा परिन् । त्यसपछि उनले पनि मोडलिङ र म्युजिक भिडियोमा काम गर्ने मौका पाइन् । मोडलिङले दिएको सफलता पछि उनले सिनेमा ‘होस्टल रिटर्नस’ मा काम गर्ने मोका पाइन् । सिनेमामा सक्रिय रहेकी स्वस्तीमा अब इन्जिनियर छाडेर इन्टेरियर डिजाइनिङको कोर्सलाई अघि बढाउने सोचमा छिन् ।

कलिउड पल शाह पूजा शर्मा प्रदीप खड्का प्रियंका कार्की स्वस्तीमा खड्का

विशेष