खेल

क्रिकेटको दुर्इ विधामा नम्बर एक विराट टेस्टकाे दास्राे स्थानमा

क्रिकेटको दुर्इ विधामा नम्बर एक विराट टेस्टकाे दास्राे स्थानमा
मंसिर–२९ । भारतीय क्रिकेटका कप्तान विराट कोहलीले इङल्याण्डविरुद्ध दोहोरो शतक बनाएपछि आफ्नो र्याङ्किङमा ठूलो सुधार ल्याएका छन् । उनी टेस्ट ब्याट्सम्यानको श्रेणीमा दास्रो स्थानमा उक्लिएका हुन् । मुम्बईमा भएको चौथो टेस्टमा २ सय ३५ रन बनाएपछि विराटलाई ५३ अंक प्राप्त भयो र उनी दास्रो स्थानसम्म पुग्न सफल रहे । तथापि उनी टेस्ट ब्याट्सम्यानका पहिलो स्थानमा रहेका अस्ट्रेलियन कप्तान स्टिभ स्मिथ भन्दा ११ अंकले पछि छन् । त्यसो त विराट एकदिवसीय र टी–२० को नम्बर एक ब्याट्सम्यान नै रहेका छन् । उनी क्रिकेटको तीन वटै विधामा विश्वको नम्बर एक ब्याट्सम्यान बन्न केही अंकले मात्र पछि रहेका छन् । आइसीसीले खेलाडी र टिमको हालै जारी गरेको नयाँ तालिकामा उत्कृष्ट टेस्ट टिम भारत रहेको छ । त्यस्तै इङ्ल्याण्ड दास्रो स्थानमा छ । नम्बर एक बलरमा भने भारतका रविचन्द्र आश्विन रहेका छन् ।

क्रिकेट विराट कोहली

विशेष