खेल

डि भिलियर्सको टेस्ट कप्तानबाट सन्यास, डु प्लेसिसलाई कप्तानीको जिम्मेवारी

डि भिलियर्सको टेस्ट कप्तानबाट सन्यास, डु प्लेसिसलाई कप्तानीको जिम्मेवारी
मंसिर–२९ । दक्षिण अफ्रिकी टेस्ट क्रिकेटका कप्तान एबि डि भिलियर्सले कप्तानी पदबाट सन्यास लिने निर्णय गरेका छन् । उनले आफ्नो उत्तराधिकारीको रुपमा फाफ डु प्लेसिसलाई कप्तान नियुक्त गर्न पनि सिफारिस गरेका छन् । कुहिनाका चोटका कारण उनी केही समयदेखि विश्राम गरिरहेका छन् । डि भिलियर्सलाई अफ्रिकी मेडिकल टिमले टी–२० प्रतियोगिता पनि नखेल्न सल्लाह दिएसँगै उनले डु प्लेसिसलाई कप्तानमा नियुक्त गर्न बताएका हुन् । डि भिलियर्सको अनुपस्थितिमा अस्ट्रेलिया भ्रमणमा डु प्लेसिसले कप्तानी गरेका थिए । त्यसो त क्रिकेट दक्षिण अफ्रिकाले पनि डु प्लेसिसलाई कप्तानमा नियुक्त गर्ने पुष्टी गरिसकेको छ । डि भिलियर्सले व्यक्तिगत लाभभन्दा पनि टोलीको फाइदालाई माथि राख्नु पर्ने बताए । उनले अस्ट्रेलियामा डु प्लेसिसको उत्कृष्ट प्रदर्शन पछि आफूलाई उनी नै कप्तानको हकदार लागेको बताएका छन् । डि भिलियर्स यसै वर्षको जनवरीमा हासिम अमलाको स्थानमा कप्तान नियुक्त भएका थिए । उनले इङ्ल्यान्डविरूद्ध दुई टेस्टको शृंखलामा कप्तानी गरेका थिए, जसमा एउटामा जीत र अर्कोमा हार भएको थियो ।

एबि डि भिलियर्स दक्षिण अफ्रिका फाफ डु प्लेसिस

विशेष