२०१५ यता चेल्सीकाे ६ जरिवाना, सिटी पनि पर्याे कारबाहीमा
मंसिर–२९ । इंग्लिस क्लब चेल्सी र म्यानचेस्टर सिटीबीच उत्पन्न भएको तनावको कारण दुवै टोली कारबाहीमा परेका छन् । प्रिमियर लिग अन्तर्गत डिसेम्बर ३ मा भएको खेलमा दुई टिमका खेलाडीबीच तनाव भएको थियो ।
चेल्सीलाई यसअघि कारबाही स्वरुप १ अंक घटाउने चेतावनी दिएपनि एक लाख पाउण्ड जरिवाना तिर्नभएको छ । त्यस्तै म्यानचेस्टर सिटीले पनि ३५ हजार पाउण्ड जरिवाना तिर्नुपर्ने छ ।
डिसेम्बर ३ मा भएको खेलमा चेल्सी ३–१ ले विजयी भएको थियो । सिटीका सर्जियो अग्युरो र फर्नान्डिन्होले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
यस कारबाहीसँगै चेल्सीले सन् २०१५ को फेब्रुअरी यता ६ पटक जरिवाना तिरेको छ ।
चेल्सी
म्यानचेस्टर सिटी