खेल

भाइरल भएका अफ्गान बालक मेस्सीसँग मैदानमा – भिडियोसहित

भाइरल भएका अफ्गान बालक मेस्सीसँग मैदानमा – भिडियोसहित

मंसिर–२९ । प्लास्टिको जर्सी लगाएर गत जनवरीमा चर्चामा आएका अफ्गानिस्तानका ६ वर्षीय बालकलाई लिओनल मेस्सीले भेटेका छन् । मंगलबार राति कतारको दोहामा बार्सिलोनाले कतारी क्लब अलअलीसँग मैत्रीपूर्ण खेल खेल्दा मेस्सीले बालक मुर्ताजा महमदीलाई मैदानमा स्वागत गरेको हुन् । मेस्सीको नाम लेखिएको प्लास्टिकको जर्सी लगाएर फुटबल खेल्दै गरेको तस्वीर सार्वजनिक भएपछि मुर्ताजा इन्टरनेटमा भाइरल बनेका थिए । मेस्सीले पनि उनलाई आफ्ना हस्ताक्षर भएको अर्जेन्टिनाको जर्सी उपहार पठाएका थिए । मेस्सीका कारण अहमदीले विश्वब्यापी चर्चा पाएपछि अफ्गानिस्तानका कट्टर समुदायबाट उनको पूरै परिवारलाई धम्की आएको थियो । यही धम्कीका कारण अहमदीको पूरै परिवार गत मेमा आफ्नो देश छोडेर पाकिस्तान पुगेको थियो । आरिफले आफ्नो कान्छो छोराकालागि मेस्सीको प्लास्टिकको जर्सी बनाउन ठूलो छोराले सघाएको बताएका छन्। उनले मंगलबार मस्ेसीसँगको भेटलाई छोराको जीवनको स्वर्णीम क्षण भनेका छन्। मैत्रिपूर्ण खेलका लागि बार्सिलोनाका खेलाडीहरु मैदानमा उत्रँदा मुर्ताजा मेस्सीसँग मस्कोटका रुपमा देखिए । बार्सिलोनाको टिम फोटो सेसनमा रहँदा मुर्ताजा मेस्सीको हात समाएर बसिरहेका थिए । भाइरलभएको ११ महिनापछि मेस्सीलाई साच्चै भेट्न पाउँदा मुर्ताजाले उनलाई छोड्न चाहेका थिएनन् ।

लिओनल मेस्सी

विशेष