मनोरञ्जन

हेरिटेज प्याजेन्ट सम्पन्न, नेपाललाई पिस तथा टुरिजम एम्बेसडरको अवार्ड

हेरिटेज प्याजेन्ट सम्पन्न, नेपाललाई पिस तथा टुरिजम एम्बेसडरको अवार्ड

मंसिर २९ । गत शुक्रबार श्रीलंकास्थित बेरुवाला समुन्द्रि तट नजिकै सम्पन्न ‘हेरिटेज प्योजन्ट’ को तेस्रो संस्करणमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने आश्रा कुँवरले मिस तर्फ पिस एम्बेसडर तथा सृजना पुनले मिस टिन तर्फ टुरिजम एम्बेसडरको अवार्ड जित्न सफल भएका छन् । प्रतिस्पर्धामा आश्राले इन्भारोमेन्टल एम्बेसडर अवार्डतर्फ सिल्भर मेडल पनि हात पारेकी थिइन् भने सृजना पूनले आफ्नो उमेर समूह अन्तर्गत कल्चरल ड्रेस तथा इन्भाइरोमेन्टल ड्रेस तर्फ क्रमशः सिल्भर तथा ब्रोन्ज मेडल जितेकी छिन् । मिसेस् समूह तर्फ सहभागिता जनाएकी मन्जु बन्जारा ढकालले भने आफ्नो उमेर समूह अन्तर्गतको इन्भारोमेन्ट र टुरिजम ड्रेस तर्फ गोल्ड मेडलमा सफलता हात पारेकी छिन् । यसैगरी मन्जुले इन्भाइरोमेन्टल एम्बेसडर तर्फ सिल्भर तथा वेष्ट टुरिजम भिडियो र कल्चुल एम्बेसडर तर्फ ब्रोन्ज मेडलमा आफ्नो नाम दर्ता गरिन्, ग्रिन आर्ट मिडियाकी अनिला श्रेष्ठको संयोजनमा नेपाली प्रतियोगीले सहभागिता जनाएका थिए । इभिनिङ गाउन, नेसनल फ्ल्याग ड्रेस र नेसनल कस्ट्युम राउन्ड गरी तीन चरण र अन्ततः प्रश्न उत्तर चरणको मुल्यांकन पछि विजेता चयन गरिएको सो प्रतिस्पर्धा ईप्लानेट प्रा.लि.को आयोजना र नेपालका कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न भएको थियो । ग्राण्ड फिनालेमा ट्रिनिडाड एण्ड टोबागोका जेनिली थोङ मिस हेरिटेज, जिम्बेबावेकी हिलारी मकाया मिस टिन हेरिटेज तथा म्यानमारकी जेड पेडल मिसेस् हेरिटेज इन्टरनेसनल २०१६ का विजेताका रुपमा चयन भएका थिए । प्रतियोगितामा दक्षिण अफ्रिकाकी रेबेका र रसियाकी युलियाना पोपोभिच मिस समूहबाट क्रमशः प्रथम तथा दोस्रो रनर अप चयन भएका थिए भने तान्जानियाकी सेसेलेर गडफ्रि र म्यानमारकी एइ थिन्जार म्यो टिन समूहबाट क्रमशः प्रथम तथा दोस्रो रनर अप घोषित भएका थिए । यसैगरी ट्रिनिडाड एण्ड टोबागोकी क्यारी एन र भारतकी मृनाल गाइक्वाड मिसेस् समूहतर्फ क्रमशः प्रथम तथा दोस्रो रनर विजेता घोषित भएका थिए ।

हेरिटेज प्योजन्ट

विशेष