स्वास्थ्य

यी खानेकुराले कम गर्छ स्मरण शक्ति

यी खानेकुराले कम गर्छ स्मरण शक्ति

एजेन्सी — हामीले दैनिक खाँदै आएका कति खानेकुराले हामीलाई के कस्ता फाइदा या बेफाइदा पुर्याउँछ भन्ने कुराको हेक्का नहुन सक्छ । तर, खानेकुराको बारेमा सचेत रहनु अति आवश्यक हुन्छ । यदि तपाईलाई आफ्नो स्मरण शक्ति घट्दै गएको महशुश हुन्छ भने यी खानेकुरा आजैबाट कम गर्नुहोस् । चिल्लो बढि खाने — एक नयाँ अनुसन्धानले देखाएको अध्ययनले बढी चिल्लो खानेको स्मरण शक्ति कम हुने देखाएको छ । चिल्लो खानेकुरा स्वस्थ्यवर्दक मानिदैँन । चिनी — स्वास्थको लागि बढी मात्रामा चिनी खानु सधैँ हानिकारक मानिन्छ । तोकिएको भन्दा बढी चिनी खानाले दिमागमा असर गर्छ । चिनी बढी खाँदा स्मरण शक्ति हराउँछ, सिक्ने क्षमता गुम्नुका साथै श्रवण शक्तिमा समेत ह्रास आउने नयाँ अध्ययनले देखाएको छ । चुइङ्गम — धेरै मानिसहरुको बेलाबखतमा चुइङ्गम चपाइ रहने बानी हुन्छ । यसले पनि स्मरण शक्ति हराउने विभिन्न अनुसन्धानले देखाएको छ । नुनिलो — अत्याधिक मात्रामा नुन खानाले हृदयको चाल र रक्तचापलाई असर गर्छ । यसका साथै नुनले दिमाग र समग्र स्मरणशक्तिलाई असर गर्छ । फ्राई गरिएका खानेकुरा — खानेकुरा धेरै बेर फ्राई गरेर सेवन गर्नाले दिमाग कमजोर हुन्छ र श्रवणशक्ति हराउँछ । तयारी खानेकुरा — तयारी खानेकुरा अर्थात जंक फुड खानु स्वस्थवर्दक मानिदैँन । यसले दिमाग र स्मरण शक्तिमा ह्रास ल्याउँछ । जंक फुडले डिप्रेसन र एंग्जाईटी गराउनुको साथै अल्जाईमर्स रोग पनि लाग्ने एक अध्ययनले देखाएको छ ।

स्मरण शक्ति

विशेष