रामेछापको खाडाँदेवीमा ट्रिपर दुर्घटना, ४ को मृत्यु

मंसिर–२९ । रामेछापको बा २ ख ६८८८ नम्बरको ट्रिपर खाँडादेवी गाविसको चोप्राङमा मङ्गलबार राति दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।
लिसेपाटी र चोप्राङको बीच डाँडामा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि सदरमुकाम मन्थली ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । पकरवास–गाल्पा सडकमा ग्राभेलिङको काम गरेर पात्लेमा रहेको शिविरमा जाने क्रममा टिप्पर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
दुर्घटनामा सिन्धुपाल्चोकका टिप्पर चालक कुमार विक, सिन्धुली भिमानका रुपेश भण्डारी, सर्लाहीका विकास पौडेल र ललितपुर चापागाउँका किरण डाँगीको मृत्यु भएको हो । रासस
दुर्घटना
रामेछाप