समाज

स्थानीय तह पुनःसंरचनाको प्रतिवेदन पुस पहिलो साता

स्थानीय तह पुनःसंरचनाको प्रतिवेदन पुस पहिलो साता
मंसिर - २९ । स्थानीय तह पुनःसंरचना आयोगले पुस लागेपछि मात्र सरकारलाई प्रतिवेदन बुझाउने भएको छ । चैत वा वैशाखमा स्थानीय तहको निर्वाचनका लागि मङ्सिर मसान्तसम्ममा प्रतिवेदन बुझाउने तयारी आयोगले गरेको थियो । आयोगको म्याद माघसम्म भए पनि स्थानीय तह निर्वाचन पुनःसंरचनाअनुसार नै गर्न सरकारले छिटो प्रतिवेदन माग गरेको हो । प्रदेश नम्बर २ का आठ जिल्लाबाट पुनःसंरचनाको खाका नआएको र अन्य केही प्राविधिक काम नसकिएका कारण पुस लागेपछि मात्र प्रतिवेदन बुझाइने सदस्य सचिव डा हरि पौडेलले जानकारी दिए । “प्रदेश नम्बर २ का सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटबाट प्रतिवेदन नआए पनि त्यहाँबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरी अन्तिम प्रतिवेदन तयार पारिँदैछ, आइतबारसम्म कामसक्ने लक्ष्यसहित काम भइरहेको छ”– उनले भने ।

स्थानीय तह पुनःसंरचना आयोग

विशेष