समाज

उपकुलपति नियुक्त गर्न माग गर्दै शिक्षामन्त्रीलाई ज्ञापनपत्र

उपकुलपति नियुक्त गर्न माग गर्दै शिक्षामन्त्रीलाई ज्ञापनपत्र
मंसिर - २९ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी)ले काठमाडौँ विश्वविद्यालयमा उपकुलपति नियुक्तिको माग गर्दै बुधबार शिक्षामन्त्री धनिराम पौडेललाई ज्ञापनपत्र बुझाएका छन् । शिक्षा मन्त्रालयमा पुगी क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले उपकुलपति नियुक्ति प्रक्रिया ढिलाई भएको भन्दै चाँडै नियुक्ति माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले उपकुलपति नियुक्तिका लागि बनेको सिफारिस समितिमा सहमति बन्न नसकेका कारण नियुक्तिमा ढिलाई भएको भन्दै चाँडै नै सहमति जुटाई उपकुलपति नियुक्ति गरिने बताए । विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ माकाजुको पदावधि यही मङ्सिर २६ गते सकिएको छ । शिक्षामन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिमा केयुका पूर्वउपकुलपति डा सुरेशराज शर्मा र पूर्वसभामुख दमननाथ ढुङ्गाना सदस्य रहहेका छन्। ज्ञापनपत्रमा मेडिकल शिक्षाको शुल्क अविलम्ब निर्धारण गर्नुपर्ने र शुल्क निर्धारण समितिको विभेदकारी शुल्क खारेजी गर्नुपर्ने, मेडिकल कलेजले एकमुष्ठ र बढी लिएको शुल्क फिर्ता गर्न र त्यसका लागि अनुगमन समिति बनाउन समेत माग गरिएको क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए।

धनिराम पौडेल माओवादी केन्द्र शिक्षा मन्त्रालय

विशेष