देश

दिक्तेलमा कृषि मेला तथा औद्योगिक प्रदर्शनी

दिक्तेलमा कृषि मेला तथा औद्योगिक प्रदर्शनी
मंसिर – २९ । खोटाङ सदरमुकाम दिक्तेलमा बृहत कृषि मेला एवम् औधोगिक प्रदर्शनी शुरु भएको छ । जिल्लाका कृषकलाई कृषि पेशाप्रति प्रोत्साहित गर्ने उद्धेश्यले बुधबारदेखि आठौँ बृहत व्यवसायीक कृषि मेला, कृषक दिवस तथा औधोगिक प्रदर्शनी सुरु गरिएको हो । जिल्लाका विभिन्न गाबिसमा उत्पादन भएका कृषि उपजको प्रचार–प्रसार एवम् प्रतिष्पर्धा गराउँदै उत्कृष्ट कृषि उपज उत्पादन गर्ने कृषकलाई थप प्रोत्साहित तथा पुरस्कृत गर्नकालागि कृषि मेला तथा औद्योगिक प्रदर्शनीको आयोजना गरिएको कृषि बिकास कार्यालय खोटाङले जनाएको छ । कृषि मेला प्रदर्शनीमा विभिन्न प्रजातिका खाद्यबाली समूह, फलफूल समूह, तरकारी समूह, सागपात समूह, दलहन तथा तेलहन समूह, आलु समूह, मसला समूह, माछा, अलैँची, उखु गायत स्थानीय रैथाने जातका कृषि उपजका स्टलहरु राखिएका कार्यालयका प्राबिधिक सहायक फुलकुमार साहले बताए । कृषि व्यवसायको सम्मान र प्रोत्साहनका लागि जिल्लामा बिगत २०६६ सालघदेखि कृषि दिवसको अवसरमा कृषि मेला प्रदर्शनीको आयोजना गरिदै आइएको छ । जिल्ला विकास समिति, कृषि बिकास कार्यालयलगायत एक दर्जन गैर–सरकारी संघसंस्थाहरुको संयुक्त आयोजनामा शुरु भएको कृषक दिवस तथा औधोगिक प्रदर्शनी समापनको अवशरमा अघिल्लो वर्षहरुमा जस्तै जिल्लाका उत्कृष्ट कृषक तथा बिभिन्न बाली समुहमा पहिलो, दोश्रो, तेश्रो र शान्त्वना स्थान प्राप्त गर्ने कृषकलाई पुरस्कृत गरिने कार्यालयले जनाएको छ । कृषक दिवस तथा औधोगिक प्रदर्शनी बिहिबार साँझ समापन गर्ने कार्यक्रम छ ।

कृषि मेला तथा औद्योगिक प्रदर्शनी खोटाङ

विशेष