समाज

गगन रहेछन् साहु, लाखौँको ऋण दाता र सेयर मालिक

गगन रहेछन् साहु, लाखौँको ऋण दाता र सेयर मालिक

मंसिर ३० । ०६२-०६३ सालको जनआन्दोलनसँगै चर्चाको शिखरमा पुगेका स्वास्थ्य मन्त्री गगन थापा पछिल्लो समय सम्पत्तिका कारण चर्चामा छन् । बुधबार सार्वजनिक भएको उनको सम्पत्ति देखेर धेरैले आश्चर्य व्यक्त गरेका छन् । विद्यार्थी नेता हुँदै राजनीतिको मूल प्रवाहमा प्रवेश गरेका उनी २० लाख रुपैयाँ ऋण लगाएका साहू रहेछन् । सम्पत्ति विवरण अनुसार उनीसँग काठमाडौँमा २ वटा घर छ । सोलुखुम्बुमा ८० रोपनी जग्गा छ । ७३ लाखको त सेयरमात्र छ । बजारमूल्यलाई आधार मान्ने हो भने यो करोडौँको हुनसक्छ ।

१६ तोला सुन, २ सय तोला चाँदी र केही थान हिरापनि गगनसँग छ । मध्यम बर्गीय परिवारको सदस्य बताउने उनको यो सम्पत्तिले धेरैलाई चकित तुल्याएको छ ।

ससुराको सम्पत्ति अझ धेरै

गगनका ससुरा हुन् सहरी विकास मन्त्री अर्जुननरसिंह केसी । केसीको काठमाडौँ, ललिपुर र नुवाकोटमा गरी ४ वटा घर र ६६ रोपनी जग्गा छ । उनीसँग नगदमात्रै १ करोड ४१ लाख र ऋण लगाएको ३० लाख सम्पत्ति छ । सुन ५० तोला र चाँदी ५२५ तोला उनको सम्पत्ति विवरणमा उल्लेख छ । ३१ लाखको गाडीपनि उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

Arjun KC Gagan Thapa Thapa

विशेष