मनोरञ्जन

राधिका हमाललाई फुच्चे केटाले बिहे गर्छु भन्दै हैरान पारेपछि.....

राधिका हमाललाई फुच्चे केटाले बिहे गर्छु भन्दै हैरान पारेपछि.....

मंसिर ३० ।  कार्यक्रमका लागि लन्डन गएकी थिएँ । मेरो रातो सारी भन्ने गीत मुना सापकोटालाई खुब मन परेको रैछ । गीत गाएपछि उहाँले रंगिन पेपरमा बेरिएको उपहार दिनुभयो । मैले लिन मानिनँ । उहाँले त्यो प्याकिङ खोल्नुभयो । त्यसमा भएका घडी र सुनको चुरा उहाँले मेरो हातमा लगाइदिनुभयो ।

सबै ठाउँका फ्यानले गर्ने मायाको प्रकार उस्तै हो । सबै ठाउँमा पुग्दा फ्यानहरुले आफूले सकेको उपहार दिनुहुन्छ । खाडीमा फ्यानको भीड देख्दा मनै अर्को हुन्छ । उहाँहरुले गर्ने माया केहीसँग तुलना हुन सक्दैन ।

आठ बर्षअघि कार्यक्रमका सिलसिलामा गुल्मी गएकी थिएँ । त्यहाँ आठ बर्षका एक जना बाबु आमालाई म राधिका हमालसँग बिहे गर्छु भन्दा रहेछन् । कार्यक्रममा उनी आमासँग आएका थिए । उनले मसँग बिहे गर्छु भनेर जिद्दी गरे । हैरान पारे । अन्त्यमा एक प्याकेट चकलेट दिएर फर्किएँ ।

(शुक्रबारबाट)

विशेष