अर्थ मुख्य समाचार

६८ करोड ६४ लाख रुपैयाको सुनैसुनले पहेँलपुर सिंहदरबार

६८ करोड ६४ लाख रुपैयाको सुनैसुनले पहेँलपुर सिंहदरबार


प्रधानमन्त्री कार्यालयले मन्त्रिपरिषद सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । यो सार्वजनिकरणसँगै प्रधानमन्त्री पुष्पकमल दाहालको सम्पत्तिबारे धेरैले चर्चा गरे । ०६५ मा प्रधानमन्त्री भइसकेका दाहालले तीन तोला सुन र चितवनमा एक कठ्ठा जमिन मात्रै रहेको सम्पत्ति विवरण सार्वजनिक गरेपछि चर्चाको विषय बन्यो ।

वर्तमान ४१ सदस्य मन्त्रिपरिषदमा उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराबाहेक सबैसँग सुन छ । ऋण नै ऋणले पुरिएको सम्पत्ति विवरण सार्वजनिक गरेका खेलकुद मन्त्री दलजित श्रीपाइलीसँग समेत दुई तोला सुन उल्लेख छ ।

४१ मध्ये कांग्रेसबाट राज्यमन्त्री भएका दश जना बाहेक ३१ जनाको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक गरिएका विवरणमा उल्लेख भएअनुसार यी मन्त्रीहरुसँग जम्मा १३ पस ५ तोला सुन मन्त्रीहरुसँग छ ।

विवरणमा सुनमात्र छैन गहना शिर्षकमा हिरा, मोती, मुगा, मणि, माणिक, निलम, चाँदीलगायतको मात्रा उल्लेख गरिएको छ ।

उद्योग मन्त्री नविन्द्रराज जोशीसंग सुन–१०० तोला, हिरा–२ सेट, हिराको औंठी–१६ वटा, हिराको टप–६ वटा, निलम र हिरा सेट–१, माणिक–२ सेट, मणि–२ सेट, मोती–दुई सेट, मुगाको माला–४ सेट, मोतीमा सुन जडेको–५ सेट, हिराको चुरा–१, माणिकको चुरा–२, मोतीको चुरा–१ र मंगलसूत्र–१ सेट छ ।


को सँग कति सुन 

प्रधानमन्त्री पुष्पकमल दाहालः सुन–३ तोला । विमलेन्द्र निधिः सुन–६० तोला, चाँदी–१५० तोला। अर्जुननरसिंह केसीः सुन–५० तोला, चाँदी–५२५ तोला । रमेश लेखकः सुन–३० तोला, चाँदी–५० तोला । जनार्दन शर्माः सुन–२ तोला, चाँदी–२० तोला । प्रकाशशरण महतः सुन–३० तोला, चाँदी–१२०० तोला । बालकृष्ण खाँणः सुन–४० तोला, चाँदी–६० तोला । दीपक बोहराः सुन–१२० तोला, हिरा–तीन सेट, चाँदी–५०० तोला । सुर्यमान गुरुङः सुन–७५ तोला, हिरा–२ सेट, चाँदी–२०० तोला । गौरीशंकर चौधरीः सुन–५ तोला, चाँदी–१० तोला । दलजित श्रीपाइलीः सुन–२ तोला, विक्रम पाण्डेः सुन–१०० तोला, चाँदी–दुई केजी । जयदेव जोशीः सुन–२०० ग्राम, चाँदी–५०० ग्राम । हितराज पाण्डेः सुन–साढे ५ तोला । सुरेन्द्र कार्कीः सुन–१० तोला । धनिराम पौडेलः सुन–५ तोला, चाँदी–५ तोला । अजय शंकर नायकः सुन–१० तोला, चाँदी–४० तोला। केशबकुमार बुढाथोकीः सुन–५० तोला, चाँदी–५०० तोला । रोमी गौचन थकालीः सुन–७० तोला, मुगा–दुई थान, हिरा–१० सेट । सितादेवी यादवः सुन–५३ तोला, चाँदी–१९२ तोला । जीवनबहादुर शाहीः सुन–५७ तोला, चाँदी–एक किलो । दीपक गिरीः सुन–५० तोला, चाँदी–डेढ किलो । नबिन्द्रराज जोशीः सुन–१०० तोला, हिरा–२ सेट, हिराको औंठी–१६ वटा, हिराको टप–६ वटा, निलम र हिरा सेट–१, माणिक–२ सेट, मणि–२ सेट, मोती–दुई सेट, मुगाको माला–४ सेट, मोतीमा सुन जडेको–५ सेट, हिराको चुरा–१, माणिकको चुरा–२, मोतीको चुरा–१ र मंगलसूत्र–१ सेट। शंकर भण्डारीः सुन–४५ तोला, चाँदी–६० तोला । गगन थापाः सनु–१६ तोला, चाँदी–२०० तोला। हृदयराम थानीः सुन–६६ तोला, चाँदी–तीन किलो । श्रीप्रसाद जबेगुः सुन–१५ तोला । सत्यनारायण भगवतः सुन–२१ तोला, चाँदी–एक किलो । राधिका तामाङः सुन–५ तोला। धनमाया विकः सुन–१० तोला, चाँदी–८०० ग्राम ।

Gold In Mantri

विशेष