मनोरञ्जन

अब भिलेन बन्दिन, धन्न दर्शकको कुटाई खाँइन

अब भिलेन बन्दिन, धन्न दर्शकको कुटाई खाँइन

मैले पर्दामा भिलेन भएर खेलेकै कारण मलाई धेरै जनाले मुखै छोडेर गाली गरे । बाटोमा हिँड्दाखेरी पनि तथानाम गाली गरे । आठ वर्ष अघि गुण सिनेमा हलअगाडि हिडिरेको थिएँ ।

मेरो छेउमा केही युवा उ त्यो फलामे गुण्डा भन्दै कुरा गरिरहेका थिए । उनिहरु मेरो पछाडि पछाडि आइरहेका थिए । यसलाई निखिल उप्रेतीले यसरी किक हान्यो म पनि हान्दिउ भन्दै उनिहरु पछाडिबाट किक हान्न खोजिरहेका थिए । पर्दामा लिइएको चरित्रलाई दर्शकले कसरी लिए भनेर खुसी पनि भइयो । अभिनयको हिसाबले त यो मेरो सफलता नै हो ।

कतिपय ठाँउमा त युवतिहरु मलाई देखेर चिच्याउँदै भाग्ने गरेका छन् । त्यस्तो अवस्थामा आफू मुख छोपेर तर्किने गर्थे । कहिले काँही त समाजमा मुखै देखाउन नहुने काम गरिएछ जस्तो लाग्छ ।

मैले सबै प्रकारका भिलेनको अभिनय गरँे । अब पुग्यो म यो अभिनय नगर्ने निर्णयमा पुँगे । एउटा कारण त छोरी पनि हो । ६ सात वर्ष पहिले छोरी सानी थिइ एक दिन टेलिभिजनमा मेरो पुरानो फिल्म आइरहेको थियो । मैले भक्कु कटाई खाएको दृश्य देखेर छोरीले देखेर आँशु झारी । म त्यसलाई मारिदिन्छु त्यो कहाँ छ ? मेरो बाबालाई कुट्ने । मलाई त्यसकामा लैजानुस्, भन्दै रोई । मेरो त्यस्तो कामले बालमनोविज्ञानमा असर गर्दे रहेछ । त्यसपछि मैले छोरीलाई कहिल्यै मेरो फिल्म देखाइनँ ।

Susil Pokhrel

विशेष