भलिबल भनेर चलाको बम रहेछ, लाहुरे बन्ने मेरो जीबन अन्तै मोडियो
२०६३ साल असार १२ गते सुरेन्द्र केसी सदाझैँ जंगल जाँदै थिए । जंगलमा उनले कालो भकुण्डोजस्तो डल्लो देखे । उनले झट्ट छोरीलाई सम्झे । १८ बर्षका सुरेन्द्र केसीलाई घर व्यवहारले थिचिसकेको थियो । १७ बर्षमै विहे गरेका उनी छोरीको बाबु भइसकेका थिए । ‘भलिबल पाएपछि छोरी कति रमाउँली ?’ उनी डल्लो भएतिर लम्किए । बिद्रोही माओवादी शान्ति प्रक्रियामा आइसकेको थियो । १० दिन अघि असार २ गते प्रचण्ड काठमाडौँमा सार्वजनिक भएसँगै युद्धको राप र ताप सकिएको थियो । डाँडाकाँडाबाट आइरहने गोली बारुदको आवाजपनि आउन छाडिसकेको थियो । जब बम पड्कै झैँ जंगल थर्काउने गरी आवाज आयो, मानिसहरुको मनमा चिसो पस्यो, ‘कतै माओवादी युद्धमा त फर्केन ?’ आवाज एक पटकभन्दा आएन ।
‘माओवादीले पड्काएको भए त पड्किरहनु पर्ने हो । अरु केही त भएन ?’ यही सोचेर गाउँवासी जंगल भएतिर दौडिए । सुरेन्द्र ढलेका थिए । छातिभन्दा तलको सबै भाग बमको छर्रा लागेर क्षतविक्षत भएको थियो । सास छ की छैन भन्ने अवस्था थियो । उनलाई हतार हतार पोखरास्थित गण्डकी हस्पिटल पु¥याइयो । उनले दुबै हात गुमाइसकेका थिए । कैयौँ सपना एकै विष्पोटमा चट भइसकेका थिए । उनको जीबनमा कालो बादल नफाट्ने गरी मडारिसकेको थियो । धन्न उनी भाग्यमानी रहेछन्, गाऊँ नजिकै बिष्फोट भएको थियो । जंगल भित्र भएको भए सायदै उनको उद्धार हुन सक्थ्यो । गण्डकी अस्पतालमा उपचार भनेजस्तो सजिलो थिएन । एकैचोटीमा उपचार सम्भव भएन । अस्पताल जादै आउदै धेरैचोटी गर्नुप¥यो । परिवारले ऋण गरेर उपचार ग¥यो ,तर सहयोग उनले कतैबाट पाएनन् । सामान्य उपचार सकिएपछि सहयोग माग्न उनी जिल्ला प्रशाशन कार्यलय गए ,त्यहाँबाट उनले सहयोग पाएनन् । बरु माओबादीको बिल्ला पाए । प्रशासन कार्यलयको कर्मचारीहरुले ‘माओवादीलाई सरकारले सहयोग गर्न सक्दैन । बरु हामी खल्तीबाट दुईचार पैसा सहयोग गर्छौँ’ भन्दै अपमान गरे ।
सुरेन्द्र बम विस्फोट हुनु केही दिनअघिमात्र भारतिय सेनाको अन्तिम छनौटमा पास भएर गाउँ फर्किएका थिए । लिखित परीक्षा दिन मात्र बाँकी थियो । त्यसैले लाहुरे हुने निश्चितजस्तै भइसकेको थियो । गाउमा उनलाई ‘हुनेवाला लाहुरे ’ भनेर बोलाउन थालिसकेका थिए । सानै उमेरमा उनको विहे रहरले भन्दा पनि बाध्यताले भएको थियो । स्कुल पढ्दाको मायालुलाई उनले श्रीमती बनाएका थिए । उनी भन्छन ‘माया बसिसकेको थियो । चाडै बिहे गर्ने मुडमा थिइनँ । त्यतिबेला नै उनको भारतीय लाहुरेसँग बिहे हुने भयो । बिहेको अघिल्लो दिन बाध्य भएर मैले उनलाई भगाएँ ।’ उनी भारतीय सेना बनेपछि के के गर्ने भन्ने योजना आमा र श्रीमतीलाई सुनाउँथे । भारतीय सेनामा रहेका श्रीमानको कमाइ खान नपाएकी आमा छोराको कमाइ खान पाइने आशामा थिइन् । सुत्केरी श्रीमतीलाई भेट्न आउने लाहुरेनी भनेर जिस्काउन थालिसकेका थिए । तर, नियतिलाई यो सब मञ्जुर भएन । अस्पतालको शैयामा यिनै कुरा सम्झेर सुरेन्द्र सुकसुकाउँथे । उनको बुवा भारतिय सेनामा थिए ।
सुरेन्द्रकी आमामाथि उनले सौता हालेका थिए । कान्छी ल्याएपछि जेठी उपेक्षामा परिन् । दुःखले हुर्काएको छोराको त्यो हाल देख्दा आमा भक्कानिन्थिन् । सुरेन्द्र सोकमा डुबेका थिए । भेट्न आउनेहरु सान्त्वना दिन होइन, सोकमाथि सन्ताप थप्न आउँथे । ‘त्यतिबेला मलाई कोही आफन्तहरु भेट्न मन लागेन । हौसला भन्दा अपाङ्ग भइस, अब के गरी खान्छस् भन्थे । म सबैको लागि बिचराको पात्र थिए
हाम्रो समाजमा त्यो समयमा आधा भएर बाच्नु भन्दा मरे हुन्छ भन्ने सोचाई थियो । हामीजस्ता व्याक्तिलाई समाजले हेर्ने दृष्टिकोण नै फरक थियो ।’ सुरेन्द्रले समाजले दिएको सास्ती कहे । गण्डकी अस्पतालमा उपचार गर्न गईराख्नुपथ्र्यो । बाटामा उनलाई देख्नेहरु भन्थे ‘ बाल्खमै विहे ग¥यो, त्यसमाथि अपाङ्ग भयो, बिचरा ! यसले कसरी स्वास्नी पाल्छ । ’ श्रीमतीलाई सोडा थप्ने धेरै भेटिए । ‘अपाङ्गसँग कसरी जीवन काट्छेस, अर्कैसँग जा यो उमेरमा धेरै पाउछेस् ।’ भन्दै उचाल्नु उचाले । तर श्रीमतीले धर्म छाडिनन् । सुरेन्द्रको कथाव्यथा संचारमाध्यममा छायो । अष्ट्रेलियन नागरिक डेनिस डाउलिङले सुरेन्द्रलाई भेटे । उनले अष्ट्रेलियन डाक्टर विञ्जसँग सल्लाह गरे । सुरेन्द्र एकातिर उपचार पाउने आशामा खुसी थिए भने अर्कोतिर उनलाई विस्वासै लागेको थिएन । अष्टे«लिया पुगेपछि उनलाई आफुमा त्यस्तो केहि खराबी नभएको महसुस गरे । किनकि त्यहाँ शारीरिक अशक्तहरुलाई अनौठौ मानेर हेर्दैनथे । सबैलाई गर्ने व्यवहार समान थियो । सुरेन्द्रको विशेष उपचार भयो । ईलेक्ट्रिक हात हालेर उनी काम गर्न सक्ने भए । अष्टे«लिया गएको ३ महिनापछि बाच्ने र केहि गर्ने आत्मविस्वास बोकेर नेपाल फर्किए । उनी भन्छन ‘अष्टे«लिया नगएको भए, मलाई समाजले मानसिक रोगी नै बनाउने थियो होला । अपाङ्ग हुँदा पनि अपराध नै गरेको जस्तै मुटु घोच्नेगरि भन्थे ।’ अष्ट्रलिया जानुभन्दा पहिले सुरेन्द्र घरमै बस्थे, कतै जान मन गर्दैनथे । अष्ट्रलियाबाट फर्किदा उनको मनोविज्ञान पनि फेरिइसकेको थियो । उनी हरहालतमा सक्रिय जीबन जिउँने ध्याउन्नमा थिए । उनी खेलाडी भए । हात नभएर के भयो ? फुटवल खेल्न थाले । त्यतिले नि चित्त बुझेन हात बाँधेर ब्याडमिन्टन खेल्न थाले । ‘दुबै हात नभएपनि अरुले भन्दा राम्रो खेल्थे । ’ उनी खेल जीबन सम्झन्छन् । सुरेन्द्रले व्यवसायका बारेमा सोच्न थाले । गाडी चलाउन सिके ।
हात नभएकै कारण उनी व्यवसायिक चालक बन्न कानूनतः बञ्चित रहे । सबैतिरबाट ऋण मागेर गाडी किने र ड्राईभर राखेर यातायात व्यावसायी बने । तर अरुको भरमा गाडी छोड्नुपरेकाले उनले सोचेजस्तो राम्रो गर्न सकेनन् । ६ बर्षपछि उनले यातायात व्यवसायबाट हात झिके । विं सं २०६६ सालमा उनी अपाङ्ग संघ म्याग्दीको कार्यसमिती सदस्य बनिसकेका थिए । कार्यसमितिमा भएपछि उनी अपाङ्गसँग अन्तरक्रिया गरिरहन्थे । अपाङ्ग भएपछि जीबनले नयाँ मोड लिएका थुप्रै पात्रसँगको भेटले उनलाई उर्जाशिल बनायो । एसएलसी गर्ने बेलामा उनी बिहेबारीमा लागेका थिए । एसएलसीको धोको अधुरो थियो । धेरैले उनलाई पढेलेखेको सम्झन्थे । उनी भने अण्डर एसएलसीको पीडामा थिए । त्यसपछि उनले पढ्नुपर्ने रहेछ भन्ने महसुस गरे । विंस २०६८ सालको एसएलसी परिक्षा दिएर ६५ प्रतिसत अंक ल्याएर पास भए । म्याग्दी क्याम्पसमा भर्ना भए । २०७० सालमा उनले प्लस टु पनि पास गरे । त्यसपछि उनी अपांङ्ग संघको विभिन्न कामको लागि व्यस्त भएकाले स्नातक भर्ना हुन पाएनन् । भन्छन् ‘अब पढाईलाई निरन्तरता दिने हो, अपांङ्गता भएको मानिसहरुको उदारण बन्ने हो । अपांगताको क्षेत्रमै काम गर्ने हो ।
’ अहिले उनी अपाङ्ग सघं म्याग्दीको सचिव छन् । अपाङ्ग जिल्ला समन्वय समितिमा उपाध्यक्ष छन् । राष्ट्रिय अपाङ्ग महासघं पश्चिमाञ्चल क्षेत्रिय समितिको क्षेत्रिय सचिवको जिम्मेवारी पनि उनले समालेका छन् । अहिले उनी रबरको ईलेक्ट्रिक हात लगाउदैनन् । भन्छन् ‘ मलाई यत्तिकै ठीक छ लेख्न सक्छु, खाना खान सक्छु । मोबाईल चलाउन सक्छु । आफ्नो काम आफै गर्न सक्छु । त्यसैले रबरको हात लगाउने जरुरत नै पर्दैन ।’ पहिलोपटक उनलाई देख्नेहरु छक्क पर्दै भन्छन् ‘दुईटै हातको औँला नहुने मान्छेले कसरी यत्रो धेरै काम गर्न सकेको ? आँैला नहुने मान्छेले यति राम्रो अक्षर कसरी लेख्न सकेको ? ’उनको काम गर्ने शैली देखेर धेरैले ‘कसरी सम्भव भयो ? भन्ने प्रश्न गर्छन । त्यसको जवाफ उनीसंग छैन । त्यसैले, भनिदिन्छन ‘आत्मविस्वास’। जीवनले सोचेको भन्दा बेग्लै मोडमा पुगेपनि सुरेन्द्र अहिले खुसी छन् ।
समाजमा शारीरिक अशक्तहरुलाई हेर्ने दृष्टीकोण केही हदसम्म बदलिएको उनले महशुश गरेका छन् । उनको लक्ष्य एउटै छः आफुजस्तै शारीरिक रुपमा अशक्तहरुको जीवन सरल बनाउने । सुरेन्द्र भन्छन ‘अपाङ्गता भावीले लेखेर हुने हैन । नत कुनै अपराध गरे नै अपाङ्ग बन्ने हो । जो जुनबेला जसरी पनि अपाङ्ग बन्न सक्छ ।’ उनी आग्रह गर्छन ‘शारीरिक रुपमा अशक्त भएकाहरुलाई प्रोत्साहन गरौँ । सकिदैन भने पनि अपमान नगरौँ । जुनसुकै बेला जो पनि दुर्घटनामा पर्न सक्छ ।’
प्रस्तुतिः सागर बुुढाथोकी
surendra kc volleyball bhaneko bomb