खेल

यू–१९ एसिया कपमा नेपाललाई २२८ रनको लक्ष्य, नेपाल ब्याटिङ गर्दै

यू–१९ एसिया कपमा नेपाललाई २२८ रनको लक्ष्य, नेपाल ब्याटिङ गर्दै
मंसिर–३० । बिहिबाट सुरु भएको यू–१९ एसिया कपको पहिलो खेलमा नेपाललाई श्रीलंकाले २ सय २८ रनको लक्ष्य दिएको छ । लक्ष्यलाई पछ्याउनको लागि नेपाली टोली ब्याटिङमा उत्रिएको छ । नेपालसँग टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै २ सय २७ रन बनायो । श्रीलंकाको लागि हासिथा बोयागोदाले सर्वाधिक ८३ रन बनाएको थियो । अन्यले भने दोहोरो अंक जोड्न सकेनन् । एसिया कपको डेब्यु खेलको पहिलो बलमै श्रीलंकन ब्याट्सम्यानलाई डक आउट गरेका कमलसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए । पवन सरार्फले २ विकेट तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । बाँकी दुई विकेट भने नेपालले रन आउटको रुपमा लिएको थियो । सन्दिप लामिछानेको कप्तानीमा रहेको नेपाली टोलीसहित समूह ‘ए’मा श्रीलंका, भारत र मलेसिया रहेका छन् ।

नेपाल यू–१९ एसिया कप श्रीलंका

विशेष