मनोरञ्जन

आमीर खान सलमानको ५१ औँ जन्मदिनमा उपस्थित नहुने

आमीर खान सलमानको ५१ औँ जन्मदिनमा उपस्थित नहुने
मंसिर ३० । बलिउड अभिनेता सलमान खान, यही डिसेम्बर २७ मा ५१ वर्ष लाग्दै छन् । जन्मदिनको अवसरमा सलमानले आफ्ना नजिका मित्र र परिवारलाई ग्राण्ड पार्टी दिँदै छन् । तर, सलमानका अत्यन्तै निकटका मित्र मानिने आमीर उक्त पार्टीमा सहभागी नहुने बताइएको छ । रिपोर्टअनुसार, आमीर पत्नी किरन राओसँग ११ औँ वैवाहिक एनिभर्सरी मनाउन पाँचगानी जाँदै छन् । आमीरले पत्नी किरनको लागि केही स्पेसल सर्प्राइज दिन लागेको बताइएको छ । पार्टीमा आमीर खानको उपस्थित नभए पनि साहरुख खानको उपस्थिती हुने भारतीय मिडियाले जनाएको छ । पछिल्लो समय साहरुख र सलमानको हिमचिम बढेदेखि सलमान र आमीरको सम्बन्धमा केही चिसोपन आएको भारतीय मिडियाले जनाउँदै आएको छ । त्यसमाथि पनि आमीरले सलमानको जन्मदिनमा उपस्थिती नजनाउने भन्ने समाचारले आगोमा घ्यू थपेको छ । एजेन्सी —

Aamir Khan salman khan Sarukh Khan

विशेष