खेल

चेल्सीको प्रिमियर लिगमा ६ अंकको अग्रता

चेल्सीको प्रिमियर लिगमा ६ अंकको अग्रता
मंसिर–३० । इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सी विजयी भएको छ । चेल्सीले सन्डरल्याण्डलाई १–० गोल ले हराएको हो । यसका साथै चेल्सीले लिगको दोस्रो र तेस्रो स्थानमा रहेको लिभरपुल र आर्सनलसँग ६ अंकको अग्रता कायम गरेको छ । चेल्सीले लिगमा लगातार १० खेलमा जित पनि निकाल्न सफल रहेको छ । खेलको ४० औँ मिनेटमा सेस फाब्रिगासले गरेको गोल नै चेल्सीको लागि निर्णायक गोल रह्यो । जितपछि चेल्सीको १६ खेलबाट ४० अंक भएको छ भने पुछारमा रहेको सन्डरल्याण्डको १६ खेलबाट ११ अंक छ ।

इंग्लिस प्रिमियर लिग चेल्सी सन्डरल्याण्ड

विशेष