समाज

हात्तीको आक्रमणबाट एकको मृत्यु

हात्तीको आक्रमणबाट एकको मृत्यु
मंसिर–३० । पर्साको निर्मलबस्ती गाविसमा बुधबार राति जङ्गली हात्तीको आक्रमणमा परि एक व्यक्तिको ज्यान गएको छ । गाउँ नजिकैको वनबाट आएको हात्तीले आक्रमण गर्दा निर्मलबस्ती–४, सिकारीवासका  ४५ वर्षका रोघाई चौधरीको ज्यान गएको हो । तोरीबारीमा राति बाली जोगाउन पहरा बसेका बेला वनबाट आएको हात्तीले आक्रमण गर्दा चौधरीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पर्सा वनजन्तु आरक्षबाट आहारा खोजीका लागि बाहिरिने हात्तीलगायत जङ्गली जनावरको आक्रमणमा परि पर्साको ठोरी, निर्मलबस्तीलगायत वनसँग जोडिएका गाविसका बासिन्दा समस्यामा पर्ने गरेका छन् । रासस

जङ्गली हात्ती पर्सा

विशेष