खेल

यू–१९ एसिया कपमा श्रीलंकासँग नेपाल १ रनले पराजित

यू–१९ एसिया कपमा श्रीलंकासँग नेपाल १ रनले पराजित
मंसिर–३० । यू–१९ एसिया कप २०१६ अन्तर्गत पहिलो खेलमा श्रीलंका १ रनले विजयी भएको छ । श्रीलंकाले दिएको २२८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल निर्धारित ५० ओभरमा २२६ रन मात्र बनाउन सफल रह्यो । नेपालले टस जितेर श्रीलंकालाई ब्याटिङको निम्तो दिएको थियो । कोलम्बोको मैदानमा भएको खेलमा श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२७ रन बनाएको थियो । पहिले ब्याटिङमा उत्रिएको श्रीलंकाको लागि हसिथा बोयागोडाले सर्वाधिक ८३ रन बनाए । त्यसपछि आशेन बन्दाराको ४८ रन र कृशन अराकको २८ रन बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । नेपालको लागि कमल सिंह एरीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै पवन सरार्फले २ विकेट तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । बाँकी दुई विकेट भने नेपालले रन आउटको रुपमा लिएको थियो । त्यस्तै २२८ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको नेपालको लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ९० रन बनाए । अभिनास कर्नले ४० रन र आदिल खानले ३९ रन जोड्न बाहेक अन्य खेलाडीले दाहोरो अंक जोडेनन् । श्रीलंकाको लागि , कामिन्दु मेन्डिसले ३ विकेट तथा आशेन बन्डारा,जेहान ड्यानियल, निपुन रनसिका, दिल्सान गामेज, जयविकरामाले १–१ विकेट लिए । बाँकी दुई विकेट श्रीलंकाले पनि रन आउटको रुपमा लियो । खेलमा दीपेन्द्रसिंह ऐरी र अभिनास कर्नको पार्टनरसिप सर्वाधिक रहेको छ । दुई खेलाडीले १७.१ ओभरमा ८४ रन जोडेका हुन् ।

नेपाल यू–१९ एसिया कप २०१६ श्रीलंका

विशेष