खेल

मेसीबारे थाहा नभएका १० रहस्य यस्ता छन्

मेसीबारे थाहा नभएका १० रहस्य यस्ता छन्

फुटबल क्लब बार्सिलोना र अर्जेन्टिनाको लागि फुटबल खेल्दै आएका लियोनेल मेसी सार्वधिक चर्चित फुटबलर हुन् । सन् २००९मा उनी फिफा वल्र्ड प्लेयर अफ दी यियरमा २१ वर्षकै कलिलो उमेरमा चुनिएका थिए । फुटबल जीवनमा ३ युरोपियन गोल्डन बुट अवार्ड हात पार्ने मेसी पहिला खेलाडी हुन् । उनले बार्सिलोनाको लागि तीनवटा च्याम्पियन लिग जिताए भने धेरै अवार्डहरु समेत हात पारेका छन् । च्याम्पियनस लिगमा एउटै खेलमा पाँच गोल गर्ने मेसी नै एकल खेलाडि हुन् । पाँचवटा लागतारको च्याम्पियनस लिगमा टप स्कोररको रेकर्ड राख्न सफल भएका थिए लियोनल मेसी । उनकाबारेमा थाहा नभएका तथ्य यस प्रकारका छन् ।
१. ग्रोथ हर्मोन डिफिसेयन्सी — मेसी ११ वर्षको हुँदा उनमा ग्रोथ हर्मोन डिफिसेन्सी भएको पत्ता लागेको थियो । हाम्रो शरिरको पिट्युटरी ग्लाण्डले ग्रोथ हर्मोन पर्याप्त मात्रामा उत्पादन गर्न नसक्नाले यो रोग लाग्छ । यसले गर्दा उचाईको विकास हुन पाउँदैन । उचाईको समस्याको साथसाथै उनीमा कम इम्युनिटी र आँखा कम देख्ने समस्या पनि आइलाग्यो । आफ्नो शरिरको विकासका लागि उनलाई उपचार गर्नुपर्ने भयो । हरेक रात उनलाई आफ्नो खुट्टामा सियो घुसाउनुपर्ने हुन्थ्यो ।
२. मेसीको पहिलो कन्ट्रयाक्ट टिसु पेपरमा — बार्सीलोनाका टेक्न्किल सेक्रेटरीले मेसीलाई १३ वर्षको उमेरमा भेटेका थिए । चाल्र्स सानो मेसीदेखि निकै नै प्रभावित भएर तत्कालै उनलाई क्लबको लागि कन्ट्रयाक्ट साइन गराउन हतार गरे । त्यसबेला पूरा टेक्निकल टिम कन्ट्रयाक््ट पेपरको लागि भौतारिने क्रममा उनीहरुले टिसु पेपर नै चाँडो भेटे । उक्त न्याप्पकीनमा मेसीले सन् २००० – १४ डिसेम्बरदेखि बार्सिलोनामा भनेर हस्ताक्षर गरेका थिए ।
३. खानाका सौखिन — मेसी खानाका एकदम सौखिन छन् । बच्चाबेलादेखि नै उनी खानामा औधी रुचि राख्ने गर्दथे । उनलाई मनपर्ने परिकार अर्जेन्टिनाको मिलानीसा नापोलइीटाना नाम गरेको परिकार थियो । बार्सीलोनामा हुँदा पनि मेसीले आफ्नो डाइट ख्यालै नगरी खाने गर्दथे । गुराडियोला बार्सीलोनाको म्यानेजर भएर आएपछि उनले मेसीले खाने खानालाई अनुबन्धित गराएका थिए । मेसीले अत्याधिक प्रयोग गर्ने गरेको कोक भेन्डिङ मेसिन पनि उनले हटाउन लगाएका थिए ।
४. स्पेनको लागि खेल खेल्ने प्रस्ताव — मेसीलाई बार्साको सुरुवाती दिन २००४ तिर स्प्यानिस अन्डर २० राष्ट्रिय टिममा खेल्न प्रस्ताव दिइएको थियो । जुन उनले सिधै अस्वीकार गरे । उक्त प्रस्ताव अस्वीार गरेपछि उनले अर्जेन्टिनाबाट राष्ट्रिय स्तरको खेल खेलेर अर्जेन्टिनालाई फिफा युथ च्याम्पियनसीपको उपाधी जिताए । विजय पाएपछि मेसीले आफू अर्जेन्टिना भएको र स्पेनको लागि कहिल्यै खेल नखेल्ने घोषणा गरेका थिए ।
५. इटालियन पुर्खा — आफूलाई अर्जेन्टिनी भन्ने रुचाउँने मेसीका पुर्खा इटालीका हन् । उनका परिवार इटालीको एनकोलामा लामो समयसम्म बसोबास गरे । पछि उनका पुर्खा एन्जेलो मेसी १८८३ मा अर्जेन्टिना सरे । मेसीको पुर्खौली घर इटालीको एक सानो सहरमा रहेको बताइन्छ ।
६. छोरालाई एक क्लबले साइन गराइसकेको — मेसीको छोरा थियागो सन् २०१२–२ नोभेम्बरमा जन्मिएका हुन् । जन्मेको ७२ घण्टामा नै उनलाई निवेल्स ओल्ड बोइज नाम गरेमने क्लबले साइन गराइसकेको छ । उनका छोरालाई आफ्नो क्लबमा राख्ना लागि धेरैको तछाडमछाड थियो ।
७. युनिसेफको गुडवील एम्बासेडर — सन् २०१० मा मेसी युनिसेफको गुडवील एम्बासेडर चुनिए । युनिसेफ परिवाराके सदस्य भइसेपछि मेसीले अर्जेन्टिना, हाइटी र कोस्टा रिका जस्ता देशमा युनिसेफको कामलाई सहयोग र साथ दिन आग्रह गर्दै सामाजी अभियानमा लागेका थिए । विभिन्न देशमा कुपोषणले मृत्यु हुने बालबालिकाको सहयोगमा पनि मेसी जुट्दै आएका छन् । मेसीले आफ्नो छोराको पहिलो जन्मदिन पनि युनिसेफसँगै मनाएका थिए ।
८. परोपकारी कार्य — सन् २००७ मा मेसीले लियो मेसी फउण्डेसन नामको संस्था खोले । जसले अस्वस्थ बालबालिकाको लागि अभियान चलाउँदै आएको छ । मेसीले आफ्नो जन्मस्थान अर्जेन्टिनाको रोसारियोमा बाल अस्पताल खोल्नका लागि आठ लाख बाह्र हजार डलर दान गरेका थिए । उनले सिरियाका बच्चाहरुको लागि पनि अगस्ट २०१३ मा एक लाख तीस हजार डलर दान गरे ।
९. तीनवटा गोल्डन बुट — मेसीले अहिलेसम्म तीनवटा गोल्डन बुट पाइसको छन् । उक्त युरोपियन गोल्डन सु युुरोपियन लिगमा सार्वधिक गोल गर्नेलाई दिइन्छ । मेसीले आफूलाई उक्त लिगमा तीनवटा सुनको बुट पाएर सार्वधिक शक्तिशाली खेलाडीको रुपमा स्थापित गराएका छन् । अहिलेसम्म युरोपियन लिगको इतिहासमा तीन पटकसम्म गोल्डन बुट हात पार्ने खेलाडी मेसी र क्रिस्चियानो रोनाल्डो मात्र हुन् ।
१०. मेसी आफ्नी पत्नीलाई पाँच वर्षको उमेरदेखि चिन्थे — मेसी पाँच वर्ष हुँदा उनले आफ्नी पत्नीलाई भेटेका थिए । उनकी पत्नी एन्टोनीला रोकुजो मेसीको पारिवारिक मित्र  थिइन् । लामो समयसम्मको प्रेम सम्बन्धपछि यी दुईले विवाह गरेका हुन् । यसका अलावा मेसी मिडियामा सार्वधिक छाइरहने र रुचाइएका खेलाडी हुन् । उनी विश्वमै धेरै पारिश्रामिक लिने मध्येमा दोस्रो स्थानमा पर्छन् । अर्को रहस्यमय कुरा के भने, उनी विश्वमै सबभन्दा सानो उचाइ भएका फुटबलका फर्र्वार्ड खेलाडी हुन् । उनउको हाइट १.६९ मिटर रहेको छ ।

लियोनेल मेसी

विशेष