स्वास्थ्य

यसरी हुन्छ मनपरी गर्भपतन

यसरी हुन्छ मनपरी गर्भपतन

पुस १ । नियमित दुई महिनासम्म महिनावारी नभएपछि गौशाला काठमाडौंकी १९ वर्षीया कान्छीमाया (नाम परिवर्तन) ले औषधी पसलबाट स्योर नामक मेडिकल किट ल्याएर आफैले आफ्नो पिसाब परिक्षण गरिन त्यसमा पोजेटिभ देखिएपछि कान्छिमायाले औषधी पसलबाट गर्भपतन गराउने औषधी किनेर खाइन ।

औषधी खाएको केही समयपछि सक्तश्राव सुरु भयो उनको रक्तश्राव हप्तौं दिन सम्म रोकिएन । बरु दुख्ने र पोल्ने क्रम बढ्दै गयो । दुईसाताअघि प्रसुती गृह थापाथलीमा भर्ना भएकी उनको डिम्ब नली नै काटेर फाल्नु पर्ने अवस्था आयो । यस अघि पनि तीन पटक औषधी खाएर गर्भपतन गराएकी उनले अवैधानिक रुपमा गर्भपतन गराउन खोज्दा दुर्घटना निम्तिएको हो ।

यो घटना त एउटा उदाहरण मात्र हो । हरेक १ जना विरामी यस्ता समस्या लिएर थापाथली स्थित प्रसुती गृहमा पुग्ने गरेको त्यहाँ कार्यरत डा. जागेश्वर गौतम बताउछन् । त्यसमा २० वर्ष मुनिका महिलाहरुनै बढी रहेका उनको भनाई छ । चिकित्सकको प्रेसकृप्सन बिना उक्त औषधी वितरण गर्दा यस्तो दुर्घटना निम्तिएको अस्पतालको भनाई रहेको छ ।

साप्ताहिक

Abortion

विशेष