स्वास्थ्य

दुई वर्षमा १ लाख ६८ हजारले गराए गर्भपतन

दुई वर्षमा १ लाख ६८ हजारले गराए गर्भपतन

पुस १ । नेपालमा वितेको दुई वर्षमा २ लाख भन्दा बढीले गर्भपतन गराएको तथ्यांक रहेको छ । गत दुई वर्षका अवधिमा सरकारको मान्यताप्राप्त गर्भपतन केन्द्रबाट मा १ लाख ६७ हजार ७ सय ५ जनाले गर्भपतन सेवा लिएका थिए ।

आर्थिक वर्ष ७१÷७२ मा देशभरीबाट ७८ हजार ४ सय ७२ जनाले गर्भपतन सेवा लिएका थिए भने ७२÷७३ मा उक्त सेवा ११ हजारले बढेर ८९ हजार २ सय २३ पुगेको थियो । आफूखसी औषधी किनेर खानेको संख्या यसमा उल्लेख छैन । नेपालमा त्यस्ता जिल्ला पनि छन् जहाँ १ जनाले पनि गर्भपतन सेवा लिएका छैनन् ति जिल्ला हुन् मनाङ र रुकुम हुन् ।

Abortion in Nepal

विशेष