खेल

भारत सामु नेपालको १ सय ७३ रनको चुनौती

भारत सामु नेपालको १ सय ७३ रनको चुनौती

पुस १ । श्रीलङकामा जारी अण्डर नाइन्टिन एशीया कपमा नेपालले भारतलाई एक सय ७३ रनको लक्ष्य दिएको छ । कोलम्बो क्रिकेट क्लबको मैदानमा जारी खेलमा टस जितेर नेपालले ब्याटिङ गरेको नेपालले निर्धारीत ५० ओभरमा नौ विकेट गुमाउदै एक सय ७२ रन बनाएको हो ।

साविक विजेता भारत विरुद्ध नेपालले सुरुवात भने राम्रो गर्न सकेन । ३६ रन हुदा पहिलो विकेट गुमाएको नेपालले ५१ रन बनाउदा पाच विकेट खेर फालेको थियो ।

एक सय सात रन हुदा सात विकेट गुमाएको नेपालको पारीलाई रोहित कुमारले उकासेका थिए । उनले दिपेन्द्र ऐरीसंग गतिलो साझेदारी गर्दै नेपाललाई एक सय ५० रनको आकडा पार गराएका थिए । अहिले भारतले जवाफि व्याटिङ गरिरहेको छ ।

U-19 Cricket

विशेष