खेल

रियल मड्रिड क्लब वर्ल्डकप फाइनलमा प्रवेश गर्न सफल

रियल मड्रिड क्लब वर्ल्डकप फाइनलमा प्रवेश गर्न सफल
पुस–१ । रियल मड्रिड फिफा क्लब वर्ल्डकपकाे फाइनलमा प्रवेश गर्न सफल भएको छ । रियलले गएराति भएको खेलमा क्लब अमेरिकालाई २–० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफको इञ्जुरी समयमा करिम बेन्जेमाले गोल गर्दै रियललाई सुरुवाति अग्रता दिलाए । त्यस्तै क्रिस्टियानो रोनाल्डोले पनि दास्रो हाफको इञ्जुरी समयमा गोल गर्दै २–० को जित निकाले । रियलले आइतबार फाइनलमा जापानको कासिम एन्टलर्ससँग खेल्नेछ । त्यस्तै प्लेन दुर्घटना भएर ज्यान गुमाएका ब्राजिलका खेलाडीको सम्झानामा खेल सुरु हुनु भन्दा अघि एक मिनेट मौन धारण गरिएको थियो । फिफा क्लब वर्ल्डकपमा पहिलो पटक भिडियो रिफ्रीको प्रयोग पनि गरिएको छ ।

फिफा क्लब वर्ल्डकप रियल मड्रिड

विशेष