देश

तेह्रथुमको संक्रान्ति बजारमा भिषण आगलागी, आगो नियन्त्रण बाहिर

तेह्रथुमको संक्रान्ति बजारमा भिषण आगलागी, आगो नियन्त्रण बाहिर
पुुस– १ । तेह्रथुमको संक्रान्ति बजारमा भिषण आगलागी भएको छ । स्थानीय अग्नी सेढाइको घरबाट आगलागी सुरु भएको हो । अहिलेसम्म केही घर जलेर नष्ट भएका छन् । तेह्रथुमका प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेका अनुसार आगो अझै नियन्त्रणमा आएको छैन । आगो नियन्त्रणका लागि पाँचथरबाट दमकल मगाइएको छ । दम्कल अहिलेसम्म घटनास्थलसम्म पुग्न सकेको छैन । संक्रान्ति बजार तेह्रथुमको सदरमुकाम म्याग्लुङ बजारबाट करिव ६८ किलोमिटरको दूरीमा रहेको छ । आगो निभाउनका लागि सुरक्षाकर्मी स्थानियवासीले पहल गरे पनि अहिले पनि नियन्त्रण बाहिर रहेको छ ।

आगलागी तेह्रथुम

विशेष