खेल

मेस्सी पुरानो प्रेमीकासँग वैवाहिक सम्बन्धमा गासिँदै

मेस्सी पुरानो प्रेमीकासँग वैवाहिक सम्बन्धमा गासिँदै
पुस–१ । अर्जेन्टिनाका तथा स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेस्सीले आफ्नो प्रेमीका एन्तोनेल्ला रोकुजोसँग विवाह गर्ने एक स्पेनिस मिडियाबाट सार्वजनिक भएको छ । एजेन्सीका अनुसार उक्त विवाह २०१७ को गर्मी वा जाडो महिनामा हुने बताइएको छ । मार्का पत्रिकाको अनुसार यी दुई जोडी बीच विवाहको कुरा केही समययता चलिरहेको थियो । जहाँसम्म उनीहरुको विवाह अर्जेन्टिनामा हुनेछ जुन ठाउँमा मेस्सीले युवाकालमा रोकुजोलाई भेटेका थिए । यी दुई बीचको प्रेम सम्बन्धको बारेमा २००७ मा मात्र खुलासा गरिएको थियो । मेस्सी र रोकुजोका दुई छोरा छन् जसमा थिएगो ४ वर्षका भए भने माटियो १ वर्षको । उनीहरुले विवाह अगावै छोरा जन्माए ।

एन्तोनेल्ला रोकुजो लिओनल मेस्सी

विशेष