खेल

स्वारेज २०२१ सम्म बार्सिलोनामा अनुबन्धित

स्वारेज २०२१ सम्म बार्सिलोनामा अनुबन्धित
पुस–१ । स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड प्लेयर लुइस स्वारेजले बार्सिलोनासँग नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार २९ वर्षीय उरुग्वे खेलाडी स्वारेज सन् २०२१ सम्म बार्सिलोनामै रहने छन् । नयाँ सम्झौता अनुसार उनले १६७.५ मिलियन पाउण्ड पाउनेछन् । लिभरपुलको पूर्व खेलाडी रहेका स्वारेजले २०१४ जुलाई यता ९७ गोल, ४८ असिस्ट र ८ वटा ट्रफि उचालिसकेका छन् । यता मेस्सीको सम्झौता सन् २०१८ को जून महिना सम्म छ र नयाँ सम्झौताको लागि छलफल चलिरहेको छ ।

बार्सिलोना लुइस स्वारेज

विशेष