खेल

यू–१९ एसिया कपमा नेपालको दोस्रो हार, भारतसँग ६ विकेटले पराजित

यू–१९ एसिया कपमा नेपालको दोस्रो हार, भारतसँग ६ विकेटले पराजित
पुस–१ । श्रीलंकामा जारी यू–१९ एसिया कपमा नेपाल आफ्नो दोस्रो खेलमा भारतसँग पराजित भएको छ । नेपाल भारतसँग ६ विकेटले पराजय भएको हो । नेपालले दिएको १७३ रनको लक्ष्य भारतले ४ विकेटकाे क्षतिमा ३३ .३ ओभरमा भेट्टायो । कोलम्बो क्रिकेट क्लबको मैदानमा शुक्रबार भएको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७२ रन बनाएका थियाे । नेपालको लागि रोहित कुमार पौडेलले सर्वाधिक नटआउट ६८ रन जोडे । त्यस्तै दिपेन्द्र सिंह ऐरीले ३४ रन तथा आसिफ सेखले १८ रन जोड्न बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । एक्स्ट्रामा नेपालले १४ रन पाएको थियो । भारतको लागि राहुल चाहरले १० ओभरमा केवल २७ रन दिँदै ५ विकेट लिए । त्यस्तै कम्लेश नगरकोटी, यश ठाकुर, आयूष जमवाल र हिमान्सु रानाले १–१ विकेट लिए । यस्तै लक्ष्य पछ्याउने भारतीय टोलीबाट सुभमान गीलले सर्वाधिक ५७ रन बनाए । त्यस्तै हिमान्सु रानाले ५१ र प्रियम गर्गले ३६ रन जोडे । एक्स्ट्रामा भारतले ४ रन पाएको थियो । नेपालको लागि पवन शरफले सर्वाधिक ३ विकेट लिए । त्यस्तै सन्दिप लामिछानेले १ विकेट आफ्नो नाममा पार्न सफल रहे । यसका साथै नेपाली टाेलीकाे यू–१९ एसिया कप २०१६ काे यात्रा समाप्त भएकाे छ ।

नेपाल भारत यू–१९ एसिया कप

विशेष