समाज

तेह्रथमको संक्रान्ति बजारकाे भिषण आगलागी अझै नियन्त्रण बाहिर, २१ घर जले

तेह्रथमको संक्रान्ति बजारकाे भिषण आगलागी अझै नियन्त्रण बाहिर, २१ घर जले
पुुुस – १ । तेह्रथुमको संक्रान्ति बजारमा अपरान्ह १२ वजेबाट सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन् । आगलागीमा अहिलेसम्म २१ वटा घर जलेर खरानी भएका छन् । हावा चलिरहेकाले आगो नियन्त्रणमा समस्या भएको प्रहरीले जनाएको छ । अहिले दमकल, स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । बजार क्षेत्रको सडक साँघुरो भएकाले डोजर र दमकल छिराउन समस्या भएको प्रहरीले जनाएको छ । वजारका अन्य घरमा आगो सल्किन नदिन डोजर लगाएर घर भत्काउने कार्य भइरहेको बताइन्छ । आगलागी नियन्त्रणमा नआउँदै अहिले आकस्मिक रुपमा जिल्ला प्रशासन कार्यालयमा जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बसेकाे छ । आगो नियन्त्रणमा लिने र पीडितलाई जतिसक्दो चाँडो राहत पुर्याउने विषयमा छलफल भएकाे प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले बताइन् । स्थानीय अग्नि सेडाईंको घरबाट सुरु भएको आगलागीमा परी बद्रि सेढाई, दिपेश सिटौला, अमृत गहतराज, सूर्य गुरुङ, नारायणी गुरुङ, खड्ग आले, पूर्णबहादुर आले, बुद्धि गुरुङ, हिमलाल थापा, इन्द्र गौतम लगायत घर जलेका छन् । त्यस्तै, हिमलाल थापा, सुभद्रा बानियाँ, होम सिटौला, सुभद्रा बानियाँ, होम सिटौला, इन्द्र गौतम, सानुकुमार चोङवाङ, दिपेश प्रसाईं, खड्गबहादुर पयाङ्गु, जयन्द्र तामाङ, लिलादेवी श्रेष्ठ, रमेश सिटौला, कविता लिम्बू, रेवती भट्टराई, रत्नबहादुर गहतराज लगायतका घर जलेका छन् । आगलागी भइरहेको संक्रान्ति बजार सदरमुकाम म्याङलुङबाट करिब ६८ किमी दुरीमा पर्छ । आगलागीको कारण खुल्न सकेको छैन् ।

आगलागी तेह्रथुम

विशेष