समाज

चिसोबाट प्रभावित परिवारलाई डसना र सिरक वितरण

चिसोबाट प्रभावित परिवारलाई डसना र सिरक वितरण
पुस–१ । बढ्दो चिसो तथा शीतलहरबाट प्रभावित सप्तरीका दिघवा गाविसका गरिब तथा विपन्न परिवारलाई डसना र सिरक वितरण गरिएको छ । सुनसरी इटहरीका ‘क्वीक भोलेन्टियर्स’को सहयोग र सरसफाइ, वातावरण तथा ऊर्जा नामक संस्थाको सहकार्यमा चिसोबाट बच्नका लागि एक-एकवटा सिरक र डसनाका दरले २० परिवारलाई वितरण गरिएको क्वीक भोलेन्टियर्सका संयोजक सञ्जय चौधरीले जानकारी दिए। सप्तरीमा विगत एक सातादेखि चिसो हावासंगै चलेको शीतलहरबाट गरिब तथा विपन्न परिवार प्रभावित भएका छन् । रासस

क्वीक भोलेन्टियर्स सप्तरी

विशेष