समाज

जलवायु अनुकुलनका क्षेत्रका काम गर्ने संस्थाहरु पुरस्कृत

जलवायु अनुकुलनका क्षेत्रका काम गर्ने संस्थाहरु पुरस्कृत
पुस–१ । नेपालमा जलवायु अनुकुलनका क्षेत्रमा अनुकरणीय काम गरेवापत विभिन्न १५ वटा संस्थाले पुरस्कार पाएका छन् । बेलायतको अन्तराष्ट्रिय विकास विभागको आर्थिक सहयोगमा 'एडेप्टेसन एट स्केल पुरस्कार परियोजना' अन्तर्गत आइडियाज टु इम्प्याकट कार्यक्रमले उक्त संस्थाहरुलाई २ करोड रुपैयाँ पुरस्कार दिएका हुन् । प्रत्यक संस्थालाई १३ लाख ६३ हजार रुपैयाँ बराबरको पुरस्कार प्रदान गरिएको हो । पुरस्कारका लागि ५९ वटा संस्थाले आवेदन दिएकोमा १५ वटा छनौट भएको हुन् । राष्ट्रिय प्रकोप जोखिम न्यूनिकरण केन्द्र, केयर नेपाल, सामुदायिक विकास तथा वकालत मञ्च नेपाल, युथ एक्टिङ फर चेन्ज नेपाल लगायत पुरस्कृत भएका छन् ।

एडेप्टेसन एट स्केल पुरस्कार परियोजना जलवायु अनुकुलन

विशेष