देश

गल्मी अान्दाेलनः प्रहरी र आन्दोलनकर्ताबीच झडप, ४० घाइते, दुईकाे अवस्था गम्भीर

गल्मी अान्दाेलनः प्रहरी र आन्दोलनकर्ताबीच झडप, ४० घाइते, दुईकाे अवस्था गम्भीर
आन्दोलनकर्ता र सुरक्षाकर्मीबीच झडप हुँदा दिनभर सदरमुकाम तम्घास शुक्रबार तनावग्रस्त बनेको छ । आन्दोदनकर्ताले जिल्ला प्रशासन कार्यालयमा ताला लगाइदिएपछि प्रहरीले जबर्जस्ती उक्त ताला खोल्ने क्रममा प्रहरी र आन्दोलनकर्ताबीच झडप भएको हो । पाँच नं प्रदेश टुक्राउने गरी सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता गर्नुपर्ने माग गर्दै गुल्मी जिल्ला सत्र दिनदेखि बन्द छ । झडपमा आन्दोलनकर्ताका तर्फबाट ३५ भन्दा बढी तथा सुरक्षाकर्मीतर्फ चार जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि पाल्पा सिफारिस गरिएको छ । आन्दोलनमा आक्रोशित समूहले जिविसको बा १ झ ६६८१ नंकोे गाडीमा समेत आगजनी गरेको छ । झडपका क्रममा प्रहरीले लाठीचार्ज गर्नाका साथै दुई दर्जन अश्रुग्यास प्रहार गरेको थियो । आन्दोलन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद गोकर्ण विष्ट र कमला विश्वकर्माले जनताको आवाजलाई सानो नठान्न र प्रहरी प्रशासनलाई शान्तिपूर्ण आन्दोलनमा दमन गरी उत्तेजना नफैलाउन आग्रह गरे ।

गल्मी अान्दाेलन

विशेष