खेल

चीनले राम्रा फुटबल खेलाडीलाई भनेजति पैसा दिएर किन्न थालेपछि यूरोपेली क्लबहरु डराउन थाले

चीनले राम्रा फुटबल खेलाडीलाई भनेजति पैसा दिएर किन्न थालेपछि यूरोपेली क्लबहरु डराउन थाले

पुस–२ । इंग्लिस क्लब चेल्सीका म्यानेजर एनटोनियो कोन्टे चाइनिज क्लबले खेलाडीका लागि खर्च गरिरहेको रकमले संसारका सबै टोलीलाई खतरामा पार्ने सोचेका छन् ।

कोन्टेले भने,‘यतिको धेरै तलबले खेलाडीलाई सम्हाल्न अप्ठेरो हुनेछ ।’ चाइनिज क्लबहरुले २०१६ को सिजन सुरु हुनु अगाडि २०० मिलियन पाउण्ड खर्चिसकेको छ ।

चेल्सीका मिडफिल्डर ओस्कार चिनियाँ सुपर लिग क्लब सांघाइ एसआइपिजीमा जाने अन्तिम तयारीमा छन् । ओस्कारलाई सांघाइले ६० मिलियन पाउण्डमा किन्न लागेको हो । ओस्कारले हप्ताको चार लाख पाउण्ड तलब पाउने छन् । खेलाडीलाई उच्च तलबमा व्यवस्थापन गर्न कठिन हुने प्रशिक्षक कोन्टेले बताए ।

चाइनिज ट्रान्सफर रेकर्ड केवल १० दिनमा ३ पटक तोडिसकिएको छ । चेल्सी क्लबमा ब्राजिलियन मिडफिल्डर रामिर्स चाइनिज क्लब जियाङसु सनिङमा २५ मिलियन पाउण्डमा अनुबन्धित भएका छन् । त्यस्तै गुवाङझोउ इभरग्रान्ड ताबोउले एथ्लेटिको मड्रिडका कोलम्बियन स्ट्राइकर ज्याकसन मार्टिनेजलाई ३१ मिलियन पाउण्डमा खरिद गरेका छन् ।

त्यसपछि जियाङसुले शख्तर डोनेत्सलाई ब्राजिलियन मिडफिल्डर एलेक्स तिक्सिराको लागि ३८.४ मिलियन पाउण्ड तिरेको छ । अर्को चाइनिज ट्रान्सफर जनवरी १ मा खुलेर २८ फेब्रुअरीमा सकिनेछ । ‘चाइनिज मार्केट चेल्सीलाई मात्र नभई संसारका सबै टोलीलाई संकटमा राख्नेछ,’ कोन्टेले बताए ।

तर फेरि प्रिमियर लिगको प्रसंगमा उनले भने,‘यो लिग रोमाञ्चक छ, खेलाडीको लागि अवसर र सम्मान पाइन्छ, हामी यो लिगमा रहेकोमा गर्व महशुस हुन्छ ।’

विशेष