खेल

महिला क्रिकेट खेलाडी अनुबन्ध गर्नु अघि ‘गर्भवती छौं ?’ भनेर सोध्न पाइने कि नपाइने ?

महिला क्रिकेट खेलाडी अनुबन्ध गर्नु अघि ‘गर्भवती छौं ?’ भनेर सोध्न पाइने कि नपाइने ?

पुुस–२ । क्रिकेट अस्ट्रेलियाले महिला खेलाडीलाई अनुबन्ध गर्न अघि गर्भवती रहेको वा नरहेको सोध्न पाउनु पर्ने नीतिमा समर्थन जनाएको छ । क्रिकेट अस्ट्रेलियाका प्रमुख कार्यकारी जेम्स सुथरल्याण्डका अनुसार संस्थाले कुनै पनि विभेद विरुद्धका नियम,कानुन विपरित कार्य गरेको छैन । उनले थपे,‘ हामी इम्प्लोयरको रुपमा हामीमा हुने बन्धनहरुमा सचेत छौँ ।’

इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले महिला क्रिकेटरहरुमा गर्भवतीको सूचना दिने नियम नरहेको बताएका छन् ।

महिला गर्भवती रहेको प्रश्न सोध्नु अस्ट्रेलियाको लैङ्गिक भेदभाव विरुद्ध रहने छ । संघले कुनै पनि नियम नतोडेको दाबी गर्छन् । उनका अनुसार महिलाले क्रिकेट अस्ट्रेलियालाई सो विषयमा जानकारी दिएमा संस्थाले खेलाडीको स्वास्थ्यको हेरचाह गर्न सजिलो रहने बताएका छन् । जसबाट दुवै आमा र बच्चालाई स्वस्थ रहन मद्दत पुर्याउँछ ।

उनले भने,‘हामीले महिला खेलाडीले डाक्टरलाई यस विषयमा जानकारी दिन अनुरोध गरेका हौँ । जसबाट टोलीलाई हेर्ने डाक्टरले उनलाई सर्तक रहन मद्दत पुर्याउँछ र क्रिकेट मैदान वा सिक्ने क्रममा केही भइहालेमा सुविधा सजिलै प्रदान गर्न सकिन्छ ।’

विशेष