समाज

केयुका कावा उपकुलपतिमा थापा नियुक्त

केयुका कावा उपकुलपतिमा थापा नियुक्त
मंसिर–२ । काठमाडौँ विश्वविद्यालय(केयु)का रजिस्ट्रार डा भोला थापा केयुको कावा उपकुलपति नियुक्त भएका छन् । केयुको कुलपतिका हैसियतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई शुक्रबार सो पदमा नियुक्त गरेका हुन् । उपकुलपति छनोट गर्न गठित छनोट समितिमा उपकुलपति कसलाई बनाउने भन्ने विषयमा विवाद भएपछि उनलाई अर्को व्यवस्था नहुन्जेल कावा उपकुलपति नियुक्त गरिएको केयुका प्रेस संयोजक हरि मञ्जुश्रीले जानकारी दिए । झन्डै एक सातादेखि केयुमा उपकुपति रिक्त थियो । शिक्षामन्त्री धनीराम पौडेलको संयोजकत्वमा गत मङ्सिर १३ गते गठित छनोट समितिमा प्रा सुरेशराज शर्मा र दमननाथ ढुङ्गाना रहेका छन् । केयुमा गत मङ्सिर २६ गते तत्कालीन उपकुलपति डा रामकण्ठ माकाजु श्रेष्ठको पदावधि समाप्त भएको थियो । रासस

काठमाडौँ विश्वविद्यालय डा भोला थापा

विशेष