मनोरञ्जन

चायवाला अर्सद खान एसियाकै ३१ अाैँ सेक्सिएस्ट पुरुष

चायवाला अर्सद खान एसियाकै ३१ अाैँ सेक्सिएस्ट पुरुष

पुस २ । सगरमाथाको चुचुरोमा जो कोही पनि पुग्न सके पनि त्यहाँ धेरै बेर टिकी रहन भने औसत मानिस सक्दैनन् । सामाजिक सञ्जालमा रातारात हिट हुने र सेलाउनेहरु धेरै छन् । जति छिटो हिट हुन्छन् उती नै छिटो सेलाएर जान्छन् । तर, त्यसैगरि रातारात छाएका पाकिस्तानी चायवालाको चर्चा भने चाँडै सेलाइहल्ने नदेखिएको छ । केही समयअघि एकाएक चर्चामा छाएका पाकीस्तानी चायवाला अर्सद खान एसियाकै ५० सेक्सिएस्ट पुरुषको सूचीमा परि नयाँ किर्तिमान कायम राखेका छन् । उनको यो चर्चाले अहिले उनको थप लोकप्रियता बढेको छ । उक्त सूचिमा बलिउड अभिनेता सलमान खान, शाहरुख खान र ऋतीक रोसनको पनि नाम रहेको छ । सूचीमा अर्सद ३१ औँ स्थानमा छन् । पछिल्लो समय मोडल बनेका अर्सदको नाममा गीत पनि बनिसकेको छ । — एजेन्सी

Chaiwala अर्सद खान

विशेष