विचार

जब मैले पूर्वमन्त्री लालबाबु पण्डित दम्पतिलाई भेटें

जब मैले पूर्वमन्त्री लालबाबु पण्डित दम्पतिलाई भेटें

- महेश्वरी खड्का थापा जाडोको मौसम काठमाडौँको चिसो महिना दिन नपुग्दै फेरि अपर्झट आएँ । बाहिर चिसो मौसम म भने भित्रभित्रै पूर्वसामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र बिमला महत पण्डितलाई भेट्न तातिरहेकी थिएँ । इच्छा धेरै पहिलेको भएता पनि समय जुरिरहेको थिएन । केहिदिन अघि सामाजिक कामको शिलशिलामा हामी पाँच जनाको टोली काठमाडौँ आएका थियौं । भेटघाटका चाहना मुटुभरी हुँदाहुँदै फर्किनु परेको थियो । सामान्य प्रशासन मन्त्रालय सम्हाल्नु भएका तत्कालीन मन्त्री पण्डित जसलाई म नेपाल आमाका सच्चा सुपुत्र भन्ने गर्छु । सामान्य प्रशासन मन्त्रालय र पण्डित यतिमै उहाँको परिचय काफी छ । ‘खाने मुखला जुँगाले छेक्दैन’ भने झैं हृदयमा देश प्रेमको भावनाले ओतप्रोत हुनुहुने योद्धाहरु मौका पाउँना साथ मातृभूमीका खातिर योगदान पुर्याउन कुनै कसुर छोड्नु हुने छैन । उहाँसँगै जोडिएता पनि जन्मै देखि संघर्षमय जीवन व्यतीत गरि आफ्नो छुट्टै परिचय बोकेको अर्को नाम हो बिमला महत पण्डित । भैंसेपाटी काठमाडौँमा जन्मनु भएकी उहाँको जीवन कथा केही समय अघि एउटा अनलाइनमा पढ्ने मौका पाएकी थिएँ । गर्भैमा हुँदा आफ्नो पिता गुमाउँनु भएकी उहाँको मुटु छुने अश्रुधारा अन्तर्वार्ताले कहिले भेटु भन्ने कौतुहलताले मेरो मनमा जरो गाडी सकेको थियो । एक पत्रकारले फोन नम्बर उपलब्ध गराइ दिनु भएर अप्रत्यक्ष कुराकानी गर्ने अवसर मिलेको थियो । केही समय अघि फेसबुक मार्फत जोडिएका हामी समय परिस्थिति मिलाएर भेट्ने वाचा गरेका थियौँ । सोही अनुरुप तय भयो हाम्रो भेटघाट कार्यक्रम । उहाँहरुले मलाई आफ्नै घर बोलाउनु भयो । म तीनकुनेस्थित उहाँ निवास खोज्दै पुग्दा उहाँ बाटोसम्म आँखा ओछ्याएर उभिरहनु भएको थियो । त्यस्तै, जाडोको मौसम केही चिसो अनुभुतिका साथ घाम ताप्दै रहनु भएको थियो पण्डित सर । अनौपचारिक बातचित भैसकेको भएता पनि औपचारिक रुपमा मैले आफ्नो सानो परिचय दिएँ । सौहाद्रपुर्ण वातावरणमा भलाकुसारी भयो । आफ्नो बारेमा आन्द्राभुँडी ओकल्नु पर्ने म कताकता संकोच लाग्दै थियो । जननेतामा हुनुपर्ने बत्तिसै लक्षणले युक्त, ज्यादै फरासिलो, सरल मिजासका उहाँहरुले मलाई सहज रुपमा लिनु भयो । आफू जस्तै पाएँ । जीवन भोगाइका क्रममा संघर्षका कथा धेरै थोरै सबैका हुन्छन् । भोग्नेलाई मैले जति संघर्ष कस्ले गर्यो होला र भन्ने भान हुन्छ । जन्मदै आमाको अनुहार नचिनेकी म जीवन जिउँने क्रममा गरेका संघर्ष आफ्नै ठुला लाग्थे । गर्भमै छँदा पिता गुमाउँनु भएकी बिमला महत जीवित मातृत्वको छत्रछायाँबाट समेत पूर्ण रुपमा बञ्चित रहि गरेका संघर्षका कथाले दुबै सँगै रोयौं । माईतीघर, दाजुभाइ, दिदीबहिनी माझ अभिभावकत्वको भूमिका निर्वाह गर्ने क्रमसँगै सामाजिक क्षेत्रको दायित्वसमेत काँधमा बोकी हिड्नु भएकी उहाँ जवानीले कहिले र कसरी नेटो काट्यो पत्तै पाइन भन्दै गर्दा दुबै स्तब्ध भयौँ । यसै प्रसंगमा पूर्वसामान्य प्रशासनमन्त्री पण्डितसँग पार्टीगत विवाह हुँदाको रोचक प्रसंग सुन्ने अवसर पाएँ । एक सुपुत्री सहित, स्वच्छ, सफा, निर्मल आत्मा, जनजनले रुचाइएका पतिदेवसँग अत्यन्तै खुशी र सुखी रही जीवन व्यतित गरिरहेको बताउँने उहाँ धनसम्पती हातका मैला हुन, आज छ भोलि छैन, आजसम्म जीवन भोगाइका क्रममा हर संघर्षका बाबजुद पाएको आफन्त र सफलता नै मेरो जिवनको सबैभन्दा ठूलो सम्पत्ति हो सन्तुष्ट छु भन्नूहुन्छ । हो, वास्तवमै सन्तुष्टि नै सबैभन्दा ठूलो सम्पत्ति हो । अब म त्यहाँबाट छुट्नुपर्ने समय आयो मन्त्री पदमा त जो कोहि पुग्न सक्नु हुन्छ, पुर्वमन्त्रीभन्दा पनि नेपाल आमाका सुपुत्र र सुपुत्रीसँग भेट भएका बेला एउटा फोटो त खिच्नै मन लाग्यो, सुनसान समय यताउती त्यस्तो व्यक्तित्व भेटिएन जस्ले हाम्रो फोटो खिचिदेओस । पण्डित सरले भन्नू भयो ‘हामी पनि के कम सेल्फी खिचौँ’ एकछिन हाँसो चल्यो, यतिकैमा बाटो हिड्दै गरेकी एउटी बहिनीलाई सबैको फोटो खिच्न लगाएर पुनः भेट्ने वाचाका साथ मीठो अनुभव संगाली म आफ्नो गन्तव्य तिर लागेँ

महेश्वरी खड्का थापा लालबाबु पण्डित

विशेष