प्रवास

देश यसरी चलेको छः मलेसियामा दैनिक एक नेपालीको मृत्यु

देश यसरी चलेको छः मलेसियामा दैनिक एक नेपालीको मृत्यु

पुस ३ । कोलडाँडा पाल्पाका दीपक मगर गत वर्ष जुलाई १२ मा स्वदेश फिर्ने तयारी गरिसकेका थिए । घर फिर्नु एक दिन अघिसम्म साथीभाइलाई आफू स्वदेश फिरेपछि केही व्यवसाय गर्ने योजना सुनाएका थिए । तर, आफ्नै योजनाविरुद्ध अर्को गलत योजना बनाए, उनले देहत्याग गरे । दुई वर्षअघि मलेसिया आएका पुनर्वास नपा चगाउँ कञ्चनपुरका सन्तबहादुर तामाङ नोभेम्बर १७ मा अकास्मात निधन भयो । अघिल्लो दिनसम्म सकुशल रहेका तामाङको भोलिपल्दै ज्यान गुम्यो । तेनुवापट्टि ३ सिरहाका अशेश्वर यादवले अघिल्ला साता बाबुआमालाई फोर गरेर भने, ‘म अबको एक महिनाभित्रै घर आउँदैछु । ’घर फर्किनुअघि नै उनले सडक दुर्घटनामा ज्यान गुमाए । आशा कोकेर बसेका परिवारसामु उनको शव आयो । मलेसिया नेपालीका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मध्येको एक हो । दुःखजिलो गरेर धन कमाउन आएका उर्जाशील जनशक्ति कैयौंले धन त गुमाए गुमाए अंगभंगसमेत भए । सन २००१ देखि नेपालीहरु रोजगारीका लागि कानुनी रुपमा मेलसिया आउने गरेका छन् । २००३ मा नेपाली दूतावा स्थापना भएयताको झन्डै १४ वर्षमा ३ हजार ५ सय ४३ नेपालीले विभिन्न कारणले मलेसियामा ज्यान गुमाएका छन् । कान्तिपुर दैनिकबाट

विशेष