मनोरञ्जन

सन्नीलाई एक रातको चार करोड तिर्नुपर्ने !

सन्नीलाई एक रातको चार करोड तिर्नुपर्ने !

पुस ३ । पूर्वपोर्नस्टार सन्नी लियोनीलाई रातको केही समय गीत प्रस्तुत गर्नका निम्ति ठूलो रकमको अफर आएको छ । मुम्बईको एक पाँचतारे होटलले सन्नीलाई एउटा नृत्यु प्रस्तुतिका लागि चार करोडको अफर गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पोर्नस्टारबाट चलचित्रमा जमेकी सन्नीका चलचित्रले राम्रो व्यापार नगरे पनि उनको चर्चा भने उत्तिकै छ । चलचित्रले आम्दानी नगरे पनि उनको व्यक्तिगत आम्दानीमा कुनै असर परेको छैन ।

सन्नीलाई एक रातको केही समय नृत्य गर्नकै निम्ति होटलले चार करोडको अफर गरेपछि उनको चर्चा झन् चुलिएको हो । सन्नीलाई आएको अफरमा नायक साहरुख खनासँग उनले अभिनय गरेको चलचित्र ‘रइस’को गीतमा नृत्य गर्न आग्रह गरिएको छ ।

उक्त चलचित्रमा ‘लैला ओ लैला’ बोलको गीत समावेश भएको छ । उक्त गीतमा सन्नीले फिचरिङ गरेकी छिन् । गीत सार्वजनिक नभए पनि मिडियामा आएको चर्चाकै आधारमा उक्त गीत लोकप्रिय बनिसकेको छ ।

Sunny Sunny Leone

विशेष