मनोरञ्जन

क्याट्रिनाले शंका गर्दा सम्बन्ध बिग्रिएको रणवीरको खुलासा

क्याट्रिनाले शंका गर्दा सम्बन्ध बिग्रिएको रणवीरको खुलासा

पुुस ३ । कुनै बेलाका उदाहरणीय जोडी अभिनेता रणवीर कपुर र अभिनेत्री क्याट्रिना कैफ । यो जोडीको अहिले ब्रेकअप भइसक्यो । तर उनीहरुको सम्बन्धबारेको सकारात्मक र नकारात्मक दुबै चर्चा हुन छाडेको छैन ।

सम्बन्धमा दरार आएपछि रणवीर र क्याट्रिना दुबैले पीडा महसुस गरेकै होलान् । यही सेरोफेरोमा रणवीरले पहिलो पटक अभिनेत्री क्याट्रिना कैफसँग आफ्नो ब्रेकअप भएको सम्बन्धको बारेमा खुलासा गरेका छन् । आफ्नो सम्बन्ध भ्रमका कारण समाप्त भएको खुलासा गरेका छन् । फिल्म जग्गा जासुसको सुटिङको क्रममा उनीहरुको ब्रेकअप भएको थियो । रणवीरले अहिले आफू नितान्त एक्लो भएको र यस्तो क्षण पीडादायी भएको बताएका छन् ।

‘जब म सम्बन्धमा थिएँ तब मेरो सम्बन्ध भ्रमको शिकार भएको थियो । अब जब म यो सम्बन्धमा छैन म चाहन्नँ कि मानिसहरुले पुनः यसलाई गलत तरिकाले नबुझुन् । त्यसकारण मैले यसको सम्मानजनक अन्त्य गर्न चाहन्छु । मैले यो सम्बन्धमा जे महसुस गर्छु, त्यो इज्जत दिएर यसलाई सम्मान दिन चाहन्छु ।’

Katrina Kaif

विशेष