मनोरञ्जन

सल्लाह चाहिए सलमान, ऋण चाहिए अक्षय कुमारलाई गुर्हार्ने अमिर

सल्लाह चाहिए सलमान, ऋण चाहिए अक्षय कुमारलाई गुर्हार्ने अमिर

करण जोहरको टेलिभिजन शो ‘कफी विथ करण’ मा अभिनेता आमीर खानले नयाँ रोचक रहस्य बाहिर ल्याएका छन् । आमीर जब आफ्नो रिलिजको क्रममा रहेको फिल्म ‘दंगाल’ का अन स्क्रीन छोरीहरु सान्या मलहोत्रा र फतिमा साना सैखसँग उक्त सोमा पुगे करणले उनलाई साधारण सल्लाह चाहिएमा कसको सहयोग लिने भनेर सोधे ।

जवाफमा आमीरले आफूले सल्लाहको लागि अभिनेता सलमान खानको सहयोग लिने गरेको बताए । सलमानले सधै टेडो र छिटो सल्लाह दिने भएकाले सलमानको सहयोग लिने गरेको उनले बताए ।

त्यस्तै अर्को प्रश्नमा करणले आर्थिक सल्लाह चाहिए कसलाई गुहार्ने भन्ने प्रश्न उठाए । जवाफमा आमीरले अक्षय कुमारको नाम लिए । अक्षयसँग्ग किन आर्थिक सल्लाह लिने भन्ने कुराको रहस्य ट्वींकल खन्ना आफैले पछिल्लो सोमा खोली सकेको आमीरले बताए । पछिल्लो सोमा ट्वींकलले अक्षयको अफिसको सेफ पैसा नै पैसाले भरिएको बताएकी थिइन् ।

एजेन्सी

Amir Khan

विशेष