चेल्सीले गर्यो आफ्नै कीर्तिमानमा बराबरी
पुस–३ । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा जित दर्ता गर्दै लिग लिडर चेल्सीले आफ्नै कीर्तिमानमा बराबरी गरेको छ ।
चेल्सीले क्रिष्टल प्यालेसलाई १–० ले हराउँदै लगातार ११ जितको कीर्तिमानमा बराबरी गरेको हो । यस अघि चेल्सीले सन् २००९ मा लगातार ११ खेलमा जित दर्ता गरेको थियो ।
प्रिमियर लिगमा लगातार धेरै खेल जित्ने कीर्तिमान भने आर्सनलको नाममा छ । आर्सनलले सन् २००२ मा लगातार १४ खेलमा जित निकाल्दै कीर्तिमान बनाएको थियो । चेल्सीको जितमा ४३ औं मिनेटमा डिएगो कोस्टाले निर्णायक गोल गरे ।
खेलसँगै शीर्ष स्थानको चेल्सीको १७ खेलबाट ४३ अंक भएको छ । दोस्रो स्थानको लिभरपुलको ३४ अंक छ । समान ३४ अंक नै भएको आर्सनल भने तेस्रो स्थानमा छ ।
जितसँगै शीर्ष स्थानको चेल्सीले ९ अंकको अग्रता कायम गरेको छ ।
इंग्लिस प्रिमियर लिग
चेल्सी